सीटीईभीटीको मापदण्ड संशोधन

सीटीईभीटीको मापदण्ड संशोधन

काठमाडौं: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुनका लागि यसअघि निर्धारण गरेको योग्यतामा परिमार्जन गरेको छ ।

सिटीईभीटी पाठ्यक्रम समितिको शुक्रबार बसेको बैठकले परिमार्जनको निर्णय गरेको हो । डिप्लोमाअन्तर्गतको इन्जिनियरिङका सम्पूर्ण कार्यक्रममा भर्ना हुनका लागि यसअघि अंग्रेजी, गणित र विज्ञानमा न्यूनतम सी ग्रेड ल्याउनुपर्ने निर्णय गरेकोमा शुक्रबारको बैठकले अंग्रेजी विषयमा डी प्लस मात्र ल्याए पनि भर्ना हुन पाउने निर्णय गरेको छ ।

त्यस्तै डिप्लोमा तहमै कृषि, फुड तथा डेरी टेक्नोलोजी र फरेस्ट्री विषय अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने यसअघि निर्णय गरिएकोमा संशोधन गरेर अहिले तीन विषयमध्ये कुनै दुई विषयमा मात्र सी ल्याएपनि हुने र एक विषयमा भने डी प्लसमात्र ल्याए पनि हुने निर्णय गरेको छ ।

डिप्लोमा इन होटल म्यानेज्मेन्ट उद्यमशीलता विकास विषय पढ्न एसएलसीमा अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने बताइएकोमा संशोधन गरेर तीनै विषयमा डी प्लस मात्र ल्याए पनि हुने निर्णय गरिएको छ । परिषद्का सदस्यसचिव डा. रामहरि लामिछानेले नयाँ व्यवस्थाले प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई राहत प्रदान गरेको बताए ।

‘हाम्रो उद्देश्य प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउनु हो । त्यसैले गुणस्तर नघट्ने गरी यसअघि निर्धारण गरिएको मापदण्डमा सामान्य संशोधन गरेका हौं’, लामिछानेले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.