झोलियो खान थाले शशांकले
काठमाडौं: स्वास्थ्यमा सुधार आउन थालेपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले झोलिलो खानेकुरा खान थालेका छन् । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका डा. कोइरालाको स्वास्थ्य बुधबार बिहानपखदेखि झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि बिहीबारदेखि भेन्टिलेटरबाट हटाइएका डा. शशांकले चिकित्सकको निगरानीमा जुसलगायत झोलिलो खान थालेको उपचारको नेतृत्व गरिरहेका डा. लवनरसिंह जोशीले बताए ।
सुतिरहेका बेला बान्ता गर्दा सर्किएर फोक्सोमा परेपछि डा. शशांकका महत्त्वपूर्ण अंगहरूले काम गर्न सकेका थिएनन् । निरन्तर विशेषज्ञको उपचारपछि उनको स्वास्थ्य २४ घन्टामै सुधार आएको थियो ।
‘उहाँको स्वास्थ्यमा राम्रो प्रगति भएको छ । शुक्रबार हामीले जुस र झोलिलो खान दिएको छौं । यस्तै अवस्था कायम रह्यो भने शनिबारदेखि जाउलो पनि खुवाउनेछौं’, डा. जोशीले भने, ‘यति हुँदाहुँदै पनि उहाँ खतरामुक्त भने हुनुहुन्न ।