विषालु च्याउ खाएर गोरखामा दुईको मृत्यु

विषालु च्याउ खाएर गोरखामा दुईको मृत्यु

गोरखाः जङ्गली बिषालु च्याउ खाएर गोरखामा दुई जनाको मृत्यु भएको छ । गोरखाको काशिगाउँका तीन नातिनी बज्यै मध्ये दुई जनाको मृत्यू भएको हो ।

काशिगाउँ ८ की ६५ बर्षीया फूलमाया गुरुङ र उनकै नातिनी पर्ने काशिगाउँ ७ की ११ बर्षकी रविना गुरुङको मृत्यु भएको हो । अर्की नातिनी सात बर्षीया तिर्सना गुरुङ बिरामी छन् ।


उनीहरुले बुधबार राति च्याउको तरकारी खाएका थिए । दुई दिन बिरामी हुँदा पनि कसैले थाहा नपाएका रबिनाको शुक्रबार बिहान र फूलमायाको शुक्रबार दिउसो दुई बजेतिर मृत्यू भएको स्थानीय आशबहादुर घलेले जानकारी दिए ।


‘बुधबार गाई चराउन जाँदा जंगली च्याउ टिपेर ल्याई बेलुका खाएका रहेछन्’ कांग्रेसका गाउँ सचिवसमेत रहेका घलेले टेलिफोनमा भने ‘बिहिबार दिनभर झाडाबन्ता भएछ । तर कसैले थाहा पाएनन् ।

शुक्रबार बिहान एकजनाले थाहा पाएर नातिनीलाई बोकेर घरमा ल्याए र हेल्थपोष्टमा उपचार गरे तर सलाइन पानी दिँदा दिदै मरिन् ।’ नातिनीको मृत्यूपछि बज्यैको अबस्था बारे बुझ्न गएका स्थानीयबासी र स्वास्थ्यकर्मीले उनको उपचार गरेका थिए ।

तर बचाउन नसकेको उनले बताए । ‘हेल्थपोष्ट उपचार नभएपछि झारफुक पनि गरेका थिए’ उनले भने ।

घटनाबारे शनिबार बिहान मात्र जानकारी पाएको भन्दै प्रहरी उपरीक्षक जनकराज पाण्डेले मान्बु चौकीबाट प्रहरी घटनास्थलतर्फ पठाएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.