छुरा प्रहार गरी एकको हत्या
काठमाडौंः काठमाडौंको स्युचाटारमा छुरी प्रहार गरी एकको हत्या भएको छ ।
मोरङको शनिश्चरे घर भई हाल काठमाडौंको स्युचाटार बस्ने १८ वर्षका चन्द्र माझीको हत्या भएको हो । उनी प्रिन्टरको काम गर्दै आएका थिए ।
माझीलाई उनकै साथी मकवानपुर सिस्नेरी घर भई स्युचाटार मै बस्ने २२ वर्षका सुरेश थापा मगरले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।