गोरखा-आरुघाट सडक (फोटोफिचर)

गोरखा-आरुघाट सडक (फोटोफिचर)

शिवप्रसाद उप्रेती
गोरखाः गोरखामा ग्रामीण सडक बनेको २७ बर्षभन्दा धेरै भएको छ। तर, अहिलेसम्म पनि असार लागेपछि ग्रामीण रुटमा यातायात सेवा बन्द हुने गरेको छ।
सदरमुकामदेखि आरुघाट, आर्खेत, सोती सडकमा घ्याम्पेशालसम्मको सडक जोखिमपूर्ण छ। यी रुटमा बस चलाउन नसकिने यातायात व्यवसायी समितिका महासचिव सुरेन्द्र कुँवरले बताए।

कुँवरका अनुसार गोरखा बुंकोट, नाम्जुङ, बतासे, फुजेल, दर्बुङ सडकको नाम्जुङसम्म मात्र सवारी साधान चल्ने गरेका छन्।

‘गोरखा-बारपाक सडक पनि बालुवासम्म मात्र चल्छ। गोरखा भच्चेक सडकको खोप्लाङसम्म मात्र चल्छ' कुँवरले भने ‘गोरखा ताकु, स्वाँरा, सौरपानी सडक पनि घ्याम्पेशालसम्म, बेनिघाट, आरुघाट खण्डमा पनि दर्बुङसम्म मात्र चल्छ।'

लक्ष्मीबजार, बतासे, लक्ष्मीबजार मनकामना, १० किलो मनकामना सडक पनि बन्द छ। गाडीसँग सडक कर उठाउने तर मर्मत नगर्दा बर्खाका बेला सधैँ यातायात अवरुद्ध हुने गरेकोप्रति उनले चिन्ता व्यक्त गरे।

विगत २७ बर्षदेखि हिउँदमा मात्र गाडी चढ्न पाएको आरुघाटका गणेशकुमार श्रेष्ठ बताउँछन्। ‘सदरमुकाम-आरुघाट सडकखण्ड निर्माण भएको २०४६ सालमा हो,' श्रेष्ठ भन्छन्, ‘सडक खनेको २७ बर्ष भयो तर अहिलेसम्म पक्की हुन सकेको छैन। अहिले पनि हिउँदमा मात्र गाडी चल्छ। असार लागेपछि ठप्पै हुन्छ।'

बर्खा लागेपछि आरुघाटबाट गोरखा जानु पर्दा धादिङबेशी, मलेखु हुदै जानु पर्ने, गोरखाबाट सामान ल्याउँदा पनि धादिङकै बाटो घुमाएर ल्याउनु परेको उनले बताए।

ग्रामीण सडकमा गाडी नचलेपछि विकास निर्माणका लागि निर्माण सामग्री ढुवानी गर्न नसकिएको श्रेष्ठको भनाइ छ। सडक ज्यादै जिर्ण रहेको बारे गुनासो बढ्न थालेपछि गत हप्ता जिल्ला प्रशासन कार्यालयको नेतृत्वको प्राविधिकसहितको टोलीले सडक अनुगमन गरेको थियो।

अनुगमनपछि घ्याम्पेशालसम्मको सडक तत्काल मर्मत गर्न सडक योजना कार्यालयलाई जिम्मेवारी दिएको थियो। ‘तर सोचेजस्तो काम हुन सकेको छैन। ढिला भइरहेको छ' सडक योजना कार्यालयका प्रमुख प्रेमप्रकाश खत्रीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.