बुहारीको हत्यारा पत्ता लगाउन माग

बुहारीको हत्यारा पत्ता लगाउन माग

काठमाडौं:मृत अवस्थामा फेला परेकी बुहारी रामदुलारी रानाको हत्यारा पक्राउ गर्न परिवारले सरोकार भएका निकायसँग माग गरेको छ।

मृतकको परिवार र अधिकारकर्मीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत जेठ २२ गते मृत अवस्थामा फेला परेकी रानाको हत्यारा पक्राउ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका-१ चम्फापुरकी विटो राना (मृतककी सासू)ले जेठ २२ गते मृत फेला परेकी बुहारीको हत्यारा पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गरे।

अपराधी पहिचान गर्नका लागि स्थानीय प्रहरीले ढिलासुस्ती गरेको भन्दै राना परिवार आफ्नी बुहारीको हत्यारा छिटोभन्दा छिटो सार्वजनिक गरियोस् भन्ने माग गर्न काठमाडौँ आएको विटोको भनाइ छ।

सासू विटोले जेठ १८ गते राति स्थानीयवासी प्रकाश मल्ल र उनका परिवारका सदस्यले बुहारी र आफूहरुमाथि आक्रमण गरेर घरबाट भाग्न बाध्य बनाएको र २२ गते बुहारीको शव नजिकैको खेतमा फेला परेको बताए।

घटनाबारे राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोगलगायत सरोकार भएका निकायमा समेत ज्ञापनपत्र बुझाइसकिएको पीडित पक्षको भनाइ छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.