शशांक र उपचार

शशांक र उपचार

डा. शशांक कोइराला औपचारिक ‘भीभीआईबी’ हैनन् । तर उनी नेपालको राजनीति र स्वास्थ्य क्षेत्रमा परिचित व्यक्तित्व हुन् । बीपी कोइरालाको छोराका रूपमा र यता आएर नेपाली कांग्रेसले विगत नौ वर्षसम्म अँगालेको गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताविपरीत उभिएर पार्टी महामन्त्री पदमा विजयी भएपछि उनलाई सिद्धान्ततः बीपीको नजिक मान्नेहरू धेरै छन् । स्वाभाविकै हो कि गम्भीर रूपमा बिरामी हुँदा उनले विशेष हेरचाह मात्र पाएनन्, चिकित्सकहरूले एक किसिमले कालकै मुखबाट उनलाई फर्काए ।

नेपाली राजनीतिमा केही आशा जगाएका र प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएका शशांक कोइरालाको स्वास्थ्यलाभ त्यस अर्थमा उनी र उनका परिवारका लागि मात्र नभएर मुलुककै लागि सुखद समाचार हो ।

डाक्टरहरूले उनलाई पूर्ण स्वास्थ्य र खतरामुक्त घोषित गरिसकेका छैनन्, तर पनि उनीहरूको उपचारसँगै रोगीका रूपमा डाक्टर कोइरालाले पनि अनुशासित जीवनशैली र संयम अपनाए भने त्यो उनलाई निको पार्ने उनका सहकर्मी र सहधर्मी डाक्टरहरूको लागि विशेष ठूला इनाम र सम्मान सावित हुनेछ, उनको तर्फबाट । स्वास्थ्य र अनुशासित डा. कोइरालाले नेपाली राजनीतिमा थप र अपेक्षित योगदान पुर्‌याउन सक्नेछन् ।

 

उनको गम्भीर बिरामी र त्यसबाट उनी बाहिर निस्कनु एउटा पाटो हो, यो समग्र घटनाको । यसको अर्को पाटो पनि छ । नेपालमा ठूलाबडा र सरकार तथा सत्तामा पहुँच हुनेहरू बिरामी हुँदा या बिरामी परेको आशंकामा ‘चेक अप’ या उपचारका लागि बाहिर जान्छन् । नेपाली डाक्टर र स्वास्थ्य केन्द्रहरूलाई हेय दृष्टिले हेर्छन् । राष्ट्रपतिदेखि उच्च ओहोदासीन अनि सम्पन्न नेपालीले यही गर्दै आएका छन् ।

डा. कोइराला गम्भीर बिरामी भएकाले उनलाई तत्काल निकटतम अस्पतालको आपत्कालीन वार्डमा पुर्‌याउनु तत्कालको आवश्यकता थियो र जुन सेवा तथा स्तरीय उपचार उनले ओम अस्पतालमा पाए, त्यसलाई नतिजाका आधारमा बुद्धिमान र विवेकसम्मत मानिनुपर्छ, अन्यथा भएको भए सम्भवतः सम्बन्धित अस्पताल मात्र हैन, नेपालको समस्त अस्पतालहरू बद्नाम हुन सक्थे । शशांकको स्वास्थ्यलाभसँगै अस्पतालहरू पनि त्यस अर्थमा खतरामुक्त भएका छन् ।

यसको अर्थ डा. कोइराला ‘थप स्पेसियलाइज्ड’ उपचारको लागि बाहिर जानु हुन्न भन्ने छैन । तर नेपाली चिकित्सकहरूमा विश्वस्तरीय दक्षता र समर्पण भाव छ, उनीहरूलाई प्रोत्साहित गर्दा दक्ष जनशक्तिको पलायन रोकिने सम्भवना रहन्छ । अर्कोतर्फ प्रतिस्पर्धात्मक विश्वमा जहाँ गए पनि उनीहरूले उत्कृष्टता प्रदर्शन गर्न सक्छन् भन्ने सन्देश पनि यसले दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.