कश्मिर हिंसामा कम्तिमा २३ को मृत्यु, तीन सय घाइते

कश्मिर हिंसामा कम्तिमा २३ को मृत्यु, तीन सय घाइते

नयाँदिल्ली: हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान वानी मारिएपछि भारतको कश्मिरमा भड्किएको हिंसामा कम्तिमा पनि २३ जनाको ज्यान गएको छ।

मुजाहिद्दिनका कमाण्डर मारिएपछि केही दिनयता तनावपूर्ण अवस्था रहेको कश्मिरमा मारिनेको संख्या २३ पुगेको हो भने घाइतेको संख्या तीन सय नाघेको छ ।

हिंसाका कारण कश्मिर हुँदै अमरनाथ जाने तीर्थयात्री पनि अलपत्र परेका छन् । स्थानीयले हड्ताल गरेपछि कश्मीर केन्द्री विश्वविद्यालयमा परीक्षा पनि स्थगित भएको छ।

तनाव जारी रहेपछि श्रीनगरका ११ स्थानमा कर्फ्यू लगाइएको छ भने १२ सय अतिरिक्त अर्धसैनिक बललाई तैनाथ गरिएको छ ।

यसैबीच अमरनाथ यात्रामा गएका तीर्थयात्री फर्किन थालेका छन् । राज्य सरकारले अमरनाथ यात्री जम्मुबाट बालटाल र पहलगाम जान नसक्ने जनाएपछि तीर्थयात्री फर्केका हुन् ।

 

जम्मुका आईजी दानेश रानाले जम्मुबाट बालटाल र पहलगाम मार्गका लागि अमरनाथ यात्राको अनुमति दिएर जोखिम लिन नसक्ने बताएका छन् ।

उनले जम्मुक्षेत्रको अवस्था सुधार नहुन्जेलसम्म त्यहाँ फसेका करिब १० हजार यात्रुलाई अघि बढ्न नदिने बताए ।

यसअघि आइतबार केन्द्रीय गृह मन्त्रीले जम्मु कश्मिरको अवस्थालाई लिएर उच्चस्तरीय बैठक बोलाएका थिए । बैठकमा गृह सचिव, संयुक्त सचिव (कश्मिर डिभिजन), आईबी प्रमुख र गृह मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए ।

उता राज्यकी मुख्यमन्त्री महबुबा मुफ्तीले पनि त्यहाँको मन्त्रिपरिषद्को बैठक बोलाएकी छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहसँग उनले फोनमा कुरा गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.