सहमतिय सरकार गठनको जिम्मा दहाललाई
काठमाडौं: नेकपा माओवादी केन्द्रले पुष्पकमल दहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने जिम्मेवारी दिएको छ ।
सोमबार केन्द्रका अध्यक्ष दहाल निवास लाजिम्पाटमा बसेको सचिवालय बैठकले दहाललाई राष्ट्रिय सहमतिको सरकार गठनको जिम्मेवारी दिएको हो ।
पार्टीले दिएको जिम्मेवारी अनुसार दहालले आजैदेखि सरकार गठनका लागि पहल सुरु गर्ने भएका छन् ।
दहालको पहलसँगै अब केही दिन भित्रमै मुलुकमा एमाले र माओवादी केन्द्रबीच वैशाख २३ गते भएको तीन बुँदे भद्र सहमति अनुसार सरकार परिवर्तन हुने केन्द्रका नेता देवप्रसाद गुरुङले बताए ।