गृहमन्त्री भन्छन्ः प्रहरीले नागरिकसँग सम्बन्ध बढाउनुपर्छ

गृहमन्त्री भन्छन्ः प्रहरीले नागरिकसँग सम्बन्ध बढाउनुपर्छ

काठमाडौँः गृहमन्त्री शक्ति बस्नेतले नागरिकसँगको सम्वन्ध र सहकार्य मजबुत नभएसम्म प्रहरीप्रतिको विश्वास बढ्न नसक्ने बताएका छन् ।

नेपाल प्रहरीले ल्याएको ‘प्रहरी मेरो साथी’ नामक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले राज्य र जनतालाई एकीकृत गर्ने जिम्मेवारी र माध्यम प्रहरीको भएको बताए ।

मन्त्री बस्नेतले प्रहरी र जनताबीच गहिरो विश्वास बन्नु अहिलेको आवश्यकता भएको बताए । सुरक्षानिकाय र प्रहरीको सम्बन्धलाई थप मजबुत र विश्वासिलो बनाउन ‘प्रहरी मेरो साथी’ नामक कार्यक्रम प्रभावकारी हुनसक्ने गृहमन्त्री बस्नेतको भनाइ थियो । उनले ‘प्रहरी मेरो साथी’ कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन भए जनतासँगको सम्वन्ध विश्वासिलो बन्ने बताए ।

 

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले ‘प्रहरी मेरो साथी’ मात्र नभइ ‘प्रहरी हाम्रो साथी’ बन्नुपर्ने बताए । प्रहरी कागजमा मात्र नभएर व्यवहारमा समेत साथी बन्नुपर्र्ने भन्दै ‘प्रहरी मेरो साथी’ कार्यक्रममको कार्यान्वयन पक्षमा जोड दिए ।

जोशीले भने, ‘विगतमा पनि प्रहरीले यस्ता कार्यक्रमहरु ल्याएका हुन् तर ती कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन भएनन् । यो कार्यक्रम त्यस्तो नहोस ।’

‘प्रहरी मेरो साथी’ कार्यक्रमको प्रतिफल जनताले प्रत्यक्ष अनुभन गर्न पाउनुपर्ने जोशीको भनाइ थियो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठन कुनै व्यक्ति र संस्थाको हित र आदेशमा नभइ विधि र राज्यको कानुनका आधारमा चल्ने बताए ।

महानिरीक्षक अर्यालले भने, ‘माथिको आदेशले मात्र प्रहरी परिचालन हुँदैन । कानुन र विधिका आधारमा प्रहरी चल्छ ।’ उनले प्रहरीले दिने सेवा र जनताका आंकाक्षाबीच भएको खाडल पुर्न ‘प्रहरी मेरो साथी’ कार्यक्रम महत्वपुर्ण हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.