सर्जक जन्माउने सुरमा गायकको गाउँ

सर्जक जन्माउने सुरमा गायकको गाउँ

इलाम: रेडियो नेपालमा एक दशक बाँसुरी बजाएका गायक, संगीतकार, बाँसुरीवादक बलराम समाल लक्ष्मीपुर-५ को सानो बर्दुमा जन्मे। त्यहीको धुलौटोमा खेल, रमाए र हुर्के।

बाद्यवादनमा गहिरो रुचि थियो उनलाई। त्यही रुचिले बाँसुरीवादक बनायो। नौ हजारभन्दा बढी आधुनिक गीतमा बाँसुरीको धुन भरिसके। पाँच सय गीतमा आवाज दिए। दुई सय गीतमा संगीत भरे। उनकै अभिभावकत्वमा हुर्किए भाइ जगदीश समाल। उनले बनाएको बाटोलाई पछ्याउने प्रयासमा लागेका छन् लक्ष्मीपुरका नौ जवानहरू।

अहिले बजारमा बलरामको लेखन, स्वर र संगीतमा आएको 'ढुंगाको मुटु बोकेर' गीतले श्रोताको मन जितेको छ। समालका गीतमा सुगम संगीतको गहिराइ पाइन्छ। मनलाई कुत्कुत्याउने शब्द, संगीत र स्वरको संयोजन पाइन्छ।

मञ्चमा नारायणगोपाल गुरुवाचार्यका गीतहरू गाउन रुचाउँछन्। गएको मंसिर १९ गते सदरमुकाममा नारायणगोपाल स्मृति साँझमा नारायणगोपालको ‘गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला। एक्लै तिमी नआऊ म मात्तिएको बेला।' सुनाउँदा गौतमबुद्ध सभागृह स्वास अड्किएझै बनेको थियो। धेरैले नारायणगोपालको प्रतिलिपि ठानेका थिए।

राजधानीबाट बिदा भएपछि पूर्वाञ्चलको इटहरीमा निषाद संगीत विद्यालय खोलका उनले होनहार सर्जक जन्माउने सुर कसेका छन्। जीवनमा सुख थारै धेरै उतारचढाव भोगेका बलरामका तिमी दुलही बनेर, रेशमैको पछ्यौरीलेलगायतका चर्चित गीतले आधुनिक संगीतका पारखीको मन जितेको गीतकार होम न्यौपाने बताउँछन्। उनले संगीत क्षेत्रमै तीन दशक बिताएका छन्।

 

जगदीशका भाइ बलराम समाल २०५४ सालदेखि उदाएका लक्ष्मीपुरका अर्का प्रतिभा हुन्। लहर एल्बमबाट उदाएका उनले एक समय नेपाली आधुनिक गीतको क्षेत्रमा उक्लो उपस्थिति देखाए।

छालहरू हो छालहरू आएर मलाई भिजाएर जानुहोस् वा आधा उमेर निद्रामै बित्यो, आधा चाहिँ हाँसखेलैमा गर्नु के छर मर्नु छ एक दिन लानु के छ र। बोलको गीत होस सबै गीतले बजार पिटेका छन्। अहिले अमेरिका भासिएका समालका सबै गीतहरू प्रतिस्पर्धी खालका रहेको लक्ष्मीपुरका शिव थापा बताउँछन्।

लक्ष्मीपुर ६ गुराँसेबाट गायनमा उठ्दै गरेका थीरज राई डेढ दश देखि राजधानीमा बसेर प्रयत्न गरिरहेका छन्। उनले पछिल्लो समयमा 'निमन्त्रणा' बजारमा ल्याएका छन्। त्यही एल्बमको दासी बनेर जिउने बोलको गीतमा म्युजिक भिडियो बनाउने काममा व्यस्त उनले सुनाए ‘एल्बम बेचेरै बाँच्ने अवस्था छैन।'


'अघिपछि' २०६४ र 'कलियुग' २०६८ पछि संगीत साधनामा क्रियाशील उनको तेस्रो एल्बम ‘निमन्त्रणा' २०७२ मा बजारमा आएको हो। यो एल्बमको विमोचन इलाम समाज हङकङको आयोजनामा हङकङमै भएको थियो। उत्पादक तथा बजार व्यवस्थापक डीआर म्युजिक सेन्टर रहेको यस एल्बममा ६ वटा गीत सुन्न सकिन्छ।

'गाँजलु आँखाले सानी', ‘दासी बनेर जिउने रहर', ‘तिम्रो मायामा बाँचेको', ‘यो मन सधैं', ‘मरे पनि हुने' र ‘आकाश कहाँ छ' बोलका गीत समेटिएका छन्। सचित राई, गणेश चौधरी, डीआर, सुमिक र प्रेम रिबुसाल राईका शब्द रचनामध्ये दुई वटामा गणेश चौधरी अनि बाँकी गीतमा गायकले नै संगीत भरेका छन्।

उनले 'गाँजलु आँखाले सानी' गीतको भिजुअल यूट्युबमार्फत सार्वजनिक गरिसकेका छन्। 'यो भिजुअललाई दर्शकले मन पराइदिनुभएको छ', उनले भने। उनको पहिलो एल्बमका ‘यता टाले उता फाट्छ, उता टाले यता फाट्छ' लगायतका गीत दर्शक÷श्रोताले रुचाएका थिए।

तेस्रो एल्बमसम्म आइपुग्दा लोकआधुनिक, गजलगायत सुगम संगीत फ्लेभरकै गीत समेटेको उनले बताए। २०६९ जेठमा राजधानीमा एकल प्रस्तुतिसमेत दिइसकेका उनले ६ दर्जनभन्दा बढी गीतमा स्वर, तीन सय जति भजन र सयभन्दा बढी आधुनिक गीतमा संगीत दिइसकेका छन्।

लक्ष्मीपुर ८ का सुरेन्द्र भट्टराई र निर्मल भट्टराई पनि आधुनिक गीत र भजनमा भविष्य खोजिरहेका छन्। एल्बमसहित बजारमा आइसकेको उनीहरूको प्रयास पनि आसलाग्दो रहेको थापा बताउँछन्। लक्ष्मीपुर चुङमाङका संगीत थापा, केशव दाहाललगायतको तरुण पुस्तासमेत गायन र संगीतमा उठ्ने प्रयासमा छन्। थापा भन्छन् 'अहिलेसम्म त मलिलो देखिएको छ लक्ष्मीपुर।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.