मनुको सदाबहार गीत गाउने चाहना

मनुको सदाबहार गीत गाउने चाहना

काठमाडौं: मनु लिम्बू पेसाले ब्युटिसियन हुन्। उनले ब्युटिसियनसँगै सांगीतिक क्षेत्रलाई पनि जीवनको लक्ष्य बनाएकी छन्।

'मन्दमन्द' र 'मोहिनी' एल्बम बजारमा ल्याएर संगीत क्षेत्रमा प्रवेश गरेकी मनु मोडलिङ र गायनमा करियर बनाउन चाहन्छिन्।

मोरङको हस्दहमा जन्मिएकी मनु विद्यार्थी हुँदा नै नृत्यमा रुचि राख्थिन्। स्कुलका कार्यक्रममा उनी सधैं प्रथम हुन्थिन्। सामान्य परिवारमा जन्मिएकी मनुले गाउँकै अरनिको माविबाट २०५८ मा एसएलसी पास गरिन्।

सानो हुँदा रेडियो नेपालमा तारादेवीको 'उकाली ओराली' गीत सुनेर प्रभावित भएको उनी बताउँछिन्। उनले भनिन्, 'मलाई तारादेवी, अरुणा लामा, नारायणगोपालको गीतले नै संगीत क्षेत्रप्रति तानेको हो।'

रुचिअनुसारकै बाटो समातेका कारण आज उनी नेपाली गीतसंगीत क्षेत्रमा झुल्किएकी छन्। उनी आफूलाई युवा पुस्ताको गायिकाको रूपमा चिनाउन चाहन्छिन्। लामो समय कोरियन ब्युटिपार्लरमा काम गरेकी मनुले तीन दर्जन म्युजिक भिडियोमा भूमिका निर्वाह गरेकी छन्।

उनलाई संगीत क्षेत्रमा 'मन्दमन्द' एल्बमको शीर्ष गीतले चिनाएको दाबी गर्छिन्। यसको म्युजिक भिडियो पनि दर्शकले रुचाएका थिए। युवा पुस्तामाझ उनको 'मन्दमन्द', 'आइदियो', 'गुनासो रह्यो आज धेरै', 'तिम्रो मुस्कानमा', 'लुकीलुकी'जस्ता गीत लोकप्रिय मानिन्छन्। उनले नेपाली चलचित्रमा समेत गीत गाइसकेकी छिन्।

संगीत यात्रामा उनी डम्बरबहादुर लिम्बूलाई सम्झिन चाहन्छिन्। उनले भनिन्, 'उहाँहरूकै कारणले विदेशमा भएको सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिएको छु।' मनुले हङकङ, यूकेलगायतका विभिन्न देशको भ्रमणसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.