'सुल्तान' ले पाँच दिनमै कमायो दुई सय करोड

'सुल्तान' ले पाँच दिनमै कमायो दुई सय करोड

नयाँ दिल्ली: सलमान खानको फिल्म 'सुल्तान' ले बलिउड बक्स अफिसमा कमाल गर्ने क्रम जारी छ । हिन्दी फिल्म उद्योगमा 'सुल्तान' केबल ५ दिनमै २ सय करोड रुपैयाँ आम्दानी गर्ने पहिलो फिल्म पनि बन्न सफल भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।

६ जुलाईमा रिलीज भएको सुल्तानले मानिसहरुमाथि जादु चलाइरहेको छ । सलमानका करोडौं फ्यान उनको फिल्म हेर्नका लागि फिल्म हलमा लाइन लाग्ने क्रम जारी छ ।

ईदका अवसरमा रिलिज भएको सुल्तानले बुधवार ३६.५४ करोड, बिहीबार ३७.३२ करोड, शुक्रवार ३१.६६ करोड र शनिवार ३७.१० करोड आम्दानी गर्न सफल भएको थियो ।

 

चर्चित फिल्म ट्रेन्ड विश्लेषक तरण आदर्शले ट्वीट गर्दै बताए अनुसार सुल्तान केबल पाँच दिनमा २ सय करोड कमाउने पहिलो फिल्म बनेको छ ।

आइतबारको आम्दानीको पुरा विवरण नआएपनि विश्वभरमा यो फिल्मले दुई सय करोड कमाइसकेको आदर्शको दाबी छ। यो फिल्मले पाँचौ दिन अर्थात आइतबार ३९ देखि ४० करोड रुपैयाँ आम्दानी गरेको अनुमान छ ।

भारतको मात्रै कमाइको चर्चा गर्ने हो भने सुल्तानले सलमानकै अघिल्लो फिल्म बजरंगी भाइजानलाई पनि पछि पारिसकेको छ।

बजरंगी भाइजानले रिलिज भएको पहिलो सातमा १०३ करोड कमाउन सफल भएको थियो । तर सुल्तान पहिलो सातामै दुई सय करोडको आँकडा पार गर्न सफल भइसकेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.