‘मेरो धरहरा मै बनाउँछुु' मा एक करोड सहयोग

‘मेरो धरहरा मै बनाउँछुु' मा एक करोड सहयोग

काठमाडौँ: नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा मंगलबार एक करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा रकम हन्तान्तरण गरे ।

रकम हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दो सहभागिताप्रति आभार व्यक्त गरे।

उनले पुनःनिर्माणमा करिब तीन अर्ब लाग्ने भएकाले त्यस प्रकारको लगानी कुनै व्यक्ति वा कम्पनीले मात्र गर्न नसक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो।

हस्तान्तरण कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको पनि उपस्थिति रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.