माओवादीले इतिहासमै गलत निर्णय गर्योः एमाले प्रवक्ता
काठमाडौँः माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने विषयमा गरेको निर्णय गलत भएको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन्।
माओवादी निर्णयका विषयमा अन्नपूर्ण अनलाइनलाई प्रतिक्रिया दिदै भट्टराईले भने, ‘माओवादीले इतिहासमा अर्को एउटा गलत निर्णय गरेको छ।'
भट्टराईले यो निर्णयले माओवादी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' र सम्पूर्ण देशलाई फाइदा नगर्ने बताए। ‘माओवादीको यो निर्णयले माओवादीलाई फाइदा छैन। प्रचण्डलाई पनि पाइदा छैन र देशलाई समेत फाइदा गर्दैन्,' भट्टराईले भने।
माओवादीले सरकारबाट फिर्ता हुने निर्णय गरेपछि छलफलका लागि एमाले स्थायी समिति बैठक साँझ ६ बजे बस्ने भएको छ । ‘भट्टराईले भने, ‘छलफलका लागि साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समितिको बैठक बस्दै छ ।’
माओवादीले सरकारबाट अलग हुने घोषणा दुई बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेर गर्दैछ।