प्रचण्डले सरकारबाट खुट्टा झिक्नुका तीन कारण

प्रचण्डले सरकारबाट खुट्टा झिक्नुका तीन कारण

काठमाडौंः नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र पठाएर सकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रले सरकारमाथि विभिन्न तीनवटा आरोप लगाउँदै सरकारबाट हट्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बजेट पारित भएसँगै सरकारको नेतृत्व हस्तान्तरण गर्ने दुई दलीय सहमति बमोजिम सरकारबाट पछि हटेको अन्नपूर्णलाई बताइन् ।

यी हुन् माओवादीका तीन असन्तुष्टि
माओवादी केन्द्रले सरकारलाई पठाएको सरकारबाट हट्ने निर्णयसहितको पत्रमा शान्ति प्रक्रियासम्बन्धी बाँकी कामहरु पूरा गर्नेतर्फ सरकारले चासो नदिएको आरोप लगाएको छ । उसले द्वन्द्वपीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा प्रधामन्त्री ओलीले बेवास्ता गरेको आरोप पनि लगाएको छ ।

त्यसैगरी माओवादी केन्द्रले मधेसमा चलेको ६ महिना लामो आन्दोलनका माग सम्बोधनका लागि सकारले कुनै पहल नगरेको अर्को आरोप पनि लगाएको छ ।

मधेसी दलहरुका मागलाई सम्बोधन गरी संविधान कार्यान्वयनका लागि आफूहरुले पटक पटक आग्रह गर्दा पनि ओलीले चासो नदिइ एकांकीरुपमा अघि बढेको माओवादी केन्द्रले दाबी गरेको छ ।

 

आफूहरुसँग भएको भद्र सहमति बमोजिम भूकम्पपीडितहरुलाई राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन नसकेको अर्को आरोप पनि माओवादी केन्द्रले लगाएको छ ।

ओली सरकारमा रहँदा माओवादी केन्द्र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने मन्त्रालय लिएर पनि उसका मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको आरोप लागिरहेको थियो ।

केही दिनअघि पनि माओवादीले कार्यक्षमता देखाउन नसेकको भन्दै केही मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्री पठाउने चर्चा चलिरहेका बेला कांग्रेसको उधारो आश्वासनमा सरकार छाडेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.