माओवादीले सरकार छाडेको थाहा छैनः नारायणकाजी

माओवादीले सरकार छाडेको थाहा छैनः नारायणकाजी

काठमाडौंः नेकपा माओवादी केन्द्रका एक वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी सरकारबाट बाहिरिएको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

माओवादी केन्द्रले सरकार छाडेकोबारेमा अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै नेता श्रेष्ठले आफू पूर्णत अनभिज्ञ रहेको बताउँदै श्रेष्ठले भने, ‘मैले तपाईंहरुको अनलाइन, एफएम र सर्वसाधरणबाबाट यो कुरा सुनेको हुँ । अन्य विषयमा कुनै जानकारी छैन ।’

उनले माओवादीले सरकार छाड्ने निर्णयबारे आफ्ना केही कुरा रहेको बताउँदै त्यसबारेमा पार्टी केन्द्रमा कुरा राख्ने बताएका छन् ।

श्रेष्ठको यो भनाइले माओवादी केन्द्रले सरकार छाड्ने निर्णय अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को एकलौटी निर्णयबाट भएको आकलन गर्न थालिएको छ ।

श्रेष्ठले अनिभज्ञता प्रकट गरिरहँदा माओवादी केन्द्रका अन्य नेताहरुद्ये पनि जानकारी नदिई सरकारबाट हात झिकेको भन्दै आपत्ति नै जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.