दुई इन्जिनिर गाउँलेको नियन्त्रणमा
बझाङः बुधबार गाउँलेले दुई इन्जिनियरलाई नियन्त्रणमा लिएका छन् । चैनपुर दिपायल सडक खण्डको मालुमेला गाविस आमवगरदेखी फकालीसम्म सडकको सर्वे गर्न पुगेका इन्जिनियरलाई गाउँलेले नियन्त्रणमा लिएका हुन् ।
मंगलबार सडक सर्वे गर्न पुगेका इन्जिनियर सुरेन्द्र नेपाल र सहायक इन्जिनियर प्रकास श्रीसलाई गाँउलेले अफिस फर्कन नदिइ नियन्त्रणमा लिएका हुन् ।
सडकका कारण बस्ती नै पहिरोको जोखिममा परेको भन्दै गाउँलेले इन्जिनियरलाई नियन्त्रणमा लिएका हुन् ।
सडकका कारण पहिरोले बस्ती नै विस्थापित हुने अवस्था पुगेको मालुमेला गाविसको आमबगरका बासिन्दा विगत एक महिनादेखी क्षतिपूर्ति र राहातका लागि जिल्ला प्रशासनमा माग गर्दै आएका थिए ।
गाउँलेबाट छुटाएर दुवै इन्जिनियरलाई सुरक्षाका लागि प्रहरी चौकी मालुमेलामा राखिएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चेतबहादुर बुढाऐरले बताए ।