भानुको गाउँमा भानु जयन्ती

भानुको गाउँमा भानु जयन्ती

दमौलीः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय तीनऔँ जन्म जयन्ती उनको जन्मथलो तनहूँमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
भानुभक्तको जन्म जयन्तीको अवसरमा भानुको चुँदीमा भानु जन्मस्थल विकास समितिले जन्म जयन्ती समारोह गरेको छ ।

समारोहमा साहित्यकार प्रदीप नेपालसहित तनहूँ र आसपासका साहित्यकारको सहभागिता थियो । कार्यक्रममा भानुभक्तिय रचना पाठ तथा साहित्यिक विचार विर्मश गरिएको छ ।

भानु जयन्तीको अवसरमा घाँसीकुवामा भानु घाँसी स्मारक संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा साहित्यकारहरु डा. नवराज लम्साल, श्रवण मुकारुङ, डा. कुशुमाखर न्यौपाने लगायतले नेपाली भाषा साहित्यको उन्नयनमा आदिकवि आचार्यको योगदानको चर्चा गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक सुवेदी, स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारी लगायतले घाँसीकुवाको विकासमा पहल गर्ने बताए ।
यसैगरी, दमौलीमा नेपाली लेखक संघको आयोजनामा साहित्यिक रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.