माओवादी मन्त्री पोका बाँध्दै

माओवादी मन्त्री पोका बाँध्दै

काठमाडौं: नौ महिना सरकारमा रहेर पार्टी निर्देशनअुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित मन्त्री निवासमा बस्दै आएका माओवादी केन्द्रका मन्त्रीका सहयोगी बुधबार दिनभर ठूलै चटारोमा देखिन्थे । मन्त्रीनिवासबाट सामान सार्नुपर्ने भएपछि कोही पोकापुन्तरा बनाउँदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए ।

पार्टीले फिर्ता बोलाएसँगै मन्त्री पदबाट राजीनामा दिएका माओवादीका कोही मन्त्रीले डेरा सरिसकेका छन् भने धेरै सर्ने तयारीमा छन् । माओवादी केन्द्रबाट असोज २४ मा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सातजना मन्त्री सहभागी भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष बुधबार उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।

गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्यमन्त्री गणेशमान पुन त मंगलबार नै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदाइ भएका थिए । बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्रीनिवासबाट पोकापुन्तरा बाँधेर भैंसेपाटीमा डेरा सरेका छन् । वनमन्त्री अग्निप्रसाद सापकोटाले बुधबार मन्त्री निवास छाडेपछि कौशलटारस्थित भतिजाको डेरामा बस्न पुगेका छन् ।

उनको पुरानो डेरा तीनकुने सुविधानगरमा बिहीबारमात्रै सर्ने जानकारी उनका सहयोगी युवराज दुलालले दिए । सापकोटाले मन्त्री भएबापत सुविधामा पाएको गाडीसमेत फिर्ता गरिसकेका छन् । कृषिमन्त्री हरिबोल गजुरेलले भने बिहीबारमात्रै पुल्चोक निवास छाड्ने तयारी गरेका छन् । उनका सहयोगी रमेश गुरागाईंले पार्टीको आन्तरिक मिटिङ र नयाँ सरकारको तयारी छलफलका कारण व्यस्त भएकाले बुधबार समान पोका बाध्ने काममात्रै भएको जानकारी दिए । मन्त्री हुनुअघि गजुरेल कालोपुलमा बस्थे ।

 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि बिहीबारमात्रै पुल्चोक निवास छाड्ने तयारीमा छन् । ‘आज पार्टीको कामले भ्याइएन, समानको चाँजोपाँजो मिलाउने काम भइरहेको छ,' उनका सहयोगी जागृत रायमाझीले भने ।

पोखरेल पुरानो डेरा सिनामंगलमै सर्ने भएका छन् । सामान्य प्रशासनमन्त्री रेखा शर्मा बुधबार साँझ मन्त्रालयबाट बिदाइ भइन् । पुल्चोकमै बस्दै आएकी शर्माले बिहीबार डेरा सर्ने तयारीमा छिन् ।

सिँचाइमन्त्री उमेश यादवलाई भने तत्काल डेरा सर्न समस्या देखिएको छ । उनी पहिला बस्दै आएको कोटेश्वरस्थित घरका मालिकले घर बेचिदिएपछि नयाँ डेरा खोज्नुपर्ने अवस्था आएको उनका सहयोगी मातृका भट्टराईले जानकारी दिए ।

आपूर्तिमन्त्री पुनको पनि पहिला बसेको डेरामा बहिनी बसेकाले उनले सरसमान उतै राख्ने भएका छन् । ‘सरसमान पोका बनाइए पनि पहिला बसेको डेरामा बहिनी बसेकाले अब अर्को डेरा खोज्नुपर्ने भएको छ, बिहीबार सरिन्छ होला', मन्त्रीका पिए अर्जुन पाठकले भने ।

माओवादी केन्द्रमा मन्त्रीको राजीनामा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरूको राजीनामा स्वीकृत गरका छन् । ओलीले बुधबार उनीहरूको राजीनामा स्वीकृत गरी विभिन्न मन्त्रीलाई जिम्मेवारी बाँडफाँट पनि गरेका छन् ।

संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्नुअघि माओवादी केन्द्रका तर्फका मन्त्रीहरूको राजीनामा उपप्रधानमन्त्री रहेका टोपबहादुर रायमाझीले प्रधानमन्त्रीलाई बुझाएका थिए । माओवादीका मन्त्रीले दिएको राजीनामा स्वीकृत गरी मन्त्रिपरिषद्को जिम्मेवारीमा हेरफेर गरिएको सूचना प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष दिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओली स्वयंले राखेका छन् । वन तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृह मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री भीम रावल, ऊर्जा मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेल, आपूर्ति मन्त्रालयको जिम्मेवारी वाणिज्य मन्त्री दीपक बोहोरा, शिक्षा मन्त्रालयको जिम्मेवारी कानुनमन्त्री अग्नि खरेल, सिँचाइ मन्त्रालयको जिम्मेवारी रामकुमार सुब्बा, कृषिमन्त्रीको जिम्मेवारी शान्ता मानवीलाई दिइएको छ ।

नयाँ गठबन्धनका लागि दाहालले वार्ता गर्ने

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठन हुने सरकारमा सहभागिताका लागि अन्य दलसँग वार्ता गर्ने भएको छ ।माओवादी केन्द्रीय सचिवालय बैठकले कांग्रेसको सहयोगमा दाहाल नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा अन्य दलको सहभागिताका लागि विशेष पहल गर्ने निर्णय गरेको हो । यसका लागि माओवादीले अध्यक्ष दाहालले नै विशेष पहल गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.