‘नेपालमा संविधान र संघीयता दुवै लागु हुन गाह्रो छ

‘नेपालमा संविधान र संघीयता दुवै लागु हुन गाह्रो छ

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सांसद अमरेश कुमार सिंहले नेपालको नयाँ संविधान लागु नहुने बताएका छन् । सिंहले नेपालमा आर्थिक र राजनीतिक दुवै हिसाबबाट संघीयता पनि लागु नहुने बताए ।

संघीयता र एक मधेस एक प्रदेशको पक्षमा नेपाल र भारतमा लविङ गर्दै आएका नेता सिंह अहिले आएर संघीयता नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा पुगेका छन् । बीबीसी नेपाली सेवासँग दिएको अन्तर्वातामा सिंहले आफ्ना अपरिपक्व बुझाईका कारण पहिले संघीयताको पक्षपोषण गरेको स्वीकारेका छन् ।

प्रस्तुत छ रबीन्द्र मिश्रले नेता सिंहसँग गरेको अन्तवार्ताको पूर्ण अंश

संविधान र संघीयताका प्रखर वकालत तपाईंमा अहिले तपाईंको सोचमा त्यस्तो असोचनीय परिवर्तन कसरी आयो ?

संविधान एक तत्कालिन शक्ति सन्तुलनको एक दस्तावेज हो । राजनीतिक शक्ति सन्तुलनका लागि । त्यो राजनीतिक दस्तावेजको रुपमा पनि रहँन सकेन । किनकी राजनीतिक शक्ति सन्तुलन त्यो अनुसारले बनेन ।

दोस्रो कुरा जुन हिसावले संघीयता कोरिएको छ । त्यो हिसाबले लागु हुन सक्दैन । एक त आर्थिक रुपमा सम्भव छैन । जुन देशको गृहमन्त्रालयले चुनाव गराउँदा हजार एघार सय गाडी मागे हात जोडेर भारतसँग मागेर चुनाव गराउनुपर्ने अवस्था छ । त्यो विभिन्न प्रदेशको सुरक्षा निकाय, विभिन्न प्रदेशको मिनिष्टर, चिफ मिनिस्टरको कहाँबाट त्यो आर्थिकस्तर आउने ?

अर्को कुरा राजनीतिक रुपले पनि सम्भव छैन । तेस्रो अन्तर्राष्ट्रिय रुपले पनि किन सम्भव छैन भने भारत र चीनको नेपालप्रति असाध्यै सुरक्षा चासो छ । त्यसमा त भारतलाई पनि खुला सीमानाका कारण नेपालका सातवटा प्रदेशका चिफ मिनिष्टरसँग कुरा गर्नुपर्छ ।

किनभने ‘ल एण्ड अडर' स्टेटको कुरा हुन्छ । केन्द्रको हुँदैन । ठ्याक्कै त्यस्तै तिब्बत बोर्डरमा अस्थिरता भयो भने चीनलाई प्रभाव पर्छपर्छ । त्यसमा जुनखालको सर्पोट पाउनुपर्ने, गुडविल हुनुपर्ने हो, त्यो अन्तर्राष्ट्रिय गुडविल पनि हुँदैन ।


चौथो कुरा तपाईंलाई बताउँछु । अहिलेको जुन पोलिटिकल इन्फा स्टक्चर संविधानले व्यवस्था गरेको छ । त्यो लागू हुन सक्दैन । त्यो भयो भने नेपालमा एको एनार्किकल हुन्छ ।

अहिलेको संविधानमा जुन किसिमको राजनीतिक संरचना छ, त्यो लागू भयो भनेचाँही नेपाल अराजक हुन्छ ?

किनभने यति ठूलो राजनीतिक इन्फा स्टक्चर नेपालले धान्न सक्दैन । राजनीतिक इन्फास्टक्चर पिरामिड जस्तै हुनुपर्छ । जति माथि जाँदा कम मान्छे हुनुपर्छ । कम भयो भने चुस्तदुरुस्त हुन्छ । शासन प्रशासन र विकास राम्रो हुन्छ ।

अहिले नेपालको जुन राजनीतिक इन्फा स्टक्चर छ । जुन सय जना राखेर समावेशी बनाउनुपथ्यो । त्यसकारण ६ सय नै समावेशी बनाउनुपथ्यो । तपाईंलाई बताउँछु कि बिहारको जनसंख्या १४ करोड छ । त्यहाँ ४५ जना सांसद भए पुग्छ । इभन १८ करोड जनसंख्या यूपीको छ त्यहाँ जम्मा ८० जना सांसद भए पुग्छ ।

तर, हाम्रो २.८ करोड जनसंख्या छ, वास्तविक जनसंख्या त दुई करोड मात्रै छ । दुई करोड जनसंख्यामा त हामीलाई ५० जना सांसद भए पुग्थ्यो । (दुई करोड मात्रै जनसंख्या छ भन्नुको अर्थ ५०/६० लाखभन्दा बढी युवाहरु देशबाहिर छन् । युवाहरु मलेसियामा होस्, कतारमा होस् तथा विभिन्न गल्फ कन्ट्रिमा होस् अथवा भारत र अमेरिकामा नै होस् बसेका छन् ।)

दुई करोड मात्रै जनसंख्या अहिले छ भने दुई करोड जनसंख्याका लागि अहिले हामीले टोटल हेर्यौं भने विभिन्न स्टेटको विधायकदेखि लिएर चिफ मिनिस्टदेखि लिएर, राज्यपालदेखि लिएर राष्ट्रिय सभादेखि लिएर, प्रतिनिधि सभादेखि मिलाएर हजारौंभन्दा बढी छ । त्यो इन्फा स्टक्चरले नेपालको डेभलपमेन्ट हुन दिँदैन ।

म राज्य व्यवस्थापन समितिको सदस्य छु । राज्य व्यवस्थापन समितिमा अस्ति भर्खरै बालानन्द पौडेलको कमिटीले हामीलाई ब्रिफिङ गरेको थियो । अब एउटा गाउँपालिका ७० जना कर्मचारी राख्ने कन्सेप्ट छ भने त्यो कर्मचारीको तलबभत्ता कहाँबाट आउने ? अब टु मच राजनीति भइसक्यो । अब देश विकासका लागि पनि जति कम या सानो पोलिटिकल इन्फा इस्टक्चर हुन्छ त्यति राम्रो हुन्छ ।

तपाईं संघीयताको, धर्म निरपेक्षताको, गणतन्त्रको एकदम कडा वकालतकर्ता यो परिवर्तनमा तपाईंको कहिले देखिने गरेर कहिले नदेखिने गरेर धेरै ठूलो संलग्नता रह्यो । त्यसमा तपाईं तराईको प्रतिनिधित्व पनि गर्नुहुन्छ । जहाँ संघीयताको लागि धेरै ठूलो आवाज उठ्यो । तपाईंले यो स्पष्ट रुपमा भनिराख्दा धेरै मान्छे त छक्क पर्लान नि ? तपाईं भित्र चाँही यो रियलाइजेसन कसरी आयो ?

हैन् । एउटा कुरा के भने म्याच्युरेटी आउँछ नि । जे काम गर्दा पनि, हामी राजनीति गछौं भने सार्वजनिक लाइफमा छौं भने जनता र राष्ट्रलाई हितमा राखेर काम गर्नुपर्छ । यदी जनता र राष्ट्र रहेमा मात्र भोली हामी राजनीति गरौंला, हामी मन्त्री, प्रधानमन्त्री बनौला अथवा राजनीति गरेर आफ्नो पार्टीको अध्यक्ष बनौला ।

अथवा विभिन्न अप्सन हुन सक्ला । तर, राष्ट्र र जनता कमजोर पारिकन कुनै पनि राजनीति सफल हुन सक्दैन् यो मेरो प्रष्ट बुझाईछ । त्यसकारणले राष्ट्र फस्ट हो, जनता फस्ट हो । आफ्नो इन्ट्रेस्ट, पार्टीको इन्ट्रेस र व्यक्तिगत इन्ट्रेस गौण हुन त्यसका लागि ।

तेस्रो कुरा म के भन्छु भने जुन हिसाबले राजनीतिक बेथिति भयो नि । जुन हिसावले राजनीतिक अस्थिरता भयो यसले के हुन्छ भने राम्रो काम गर्ने वातावरण हुन दिँदैन ।

अब यसको अर्थ त गणतन्त्र पनि नरहनसक्छ ?

गणतन्त्रको ठाउँमा आउने के त ? पूर्वराजाको कुनै शाख तथा जनताको कुनै सिम्पाथी, जनतामा मौन आकांक्षा छैनकी फेरि रि स्टेब्लिजन छ । जति राजनीतिक विकृतिहरुलाई हामी राजनीतिक दलका नेता, कार्यकर्ताहरु यसलाई सच्याएर अघि बढेन भने विकृतिलाई कम गरेर कमिकमजोरीलाई सच्याएन भने यो स्थिर खालको राजनीति हुन पनि गाह्रो हुन्छ । यो विकृति हो यसले फ्रस्टटेसन ल्याउँछ ।

यो खालको राजनीति रहनेन भने कस्तो खालको राजनीति आउने त फेरि ?

हैन्, एउटा कुरा के भने मान्छेमा फ्रस्टेसन हुन्छ । आजका दिनमा नेपाली जनतालाई फ्रस्टेसन छ । जनताको फ्रस्टेसनलाई हामीले ध्यानमा राख्नुपर्छ । जनताको चाहना के हो ? जनताको आकांक्षा विकास हो । जनतको चाहना समिृद्धि हो ।

तपाईंले अनौपचारिक कुरा गर्दा यस्तै अवस्था हो भने नरम तानाशाहको सम्भावनालाई पनि नकार्न सकिँदैन भन्नेखालको कुरा गरिरहनुभएको थियो । त्यो त्यति सहज होला र ?

राजनीतिक घटनाक्रममा कुनै पनि कुरालाई इन्कार गर्न सकिँदैन । राजनीतिक परिस्थितिले निर्माण गर्छ । परिस्थिति निर्माणको क्रममा कुन बेला कस्तो परिवेश चाहियो । जसरी संविधानसभाको पहिलो निर्वाचन भएपछि चारपाँच जना प्रधानमन्त्री हुनुभयो । सुरुमा गिरिजाबाबु हुनुहन्थ्यो, त्यसपछि प्रचण्ड बन्नुभयो । त्यसपछि माधव नेपाल बन्नुभयो ।

माधव पछि झलनाथ बन्नुभयो । बाबुरामसम्म आउँदा आउँदा कसैले परिकल्पना गरेका थिए, सर्वोच्चको प्रधानन्यायाधीशलाई ल्याएर चुनाव गराउनुपर्ने अवस्था बन्छ ? कसैले परिकल्पना गरेको थिएन । त्यस्तै अहिले नै त्यो परिकल्पना गर्ने बेला भएको छैन । तर, यस्तै बेतिथि रह्यो भने त्यो कुरालाई इन्कार गर्न सकिँदैन मैले अनौपचारिक रुपमा भनेकै हो । अहिले पनि म त्यसमा कायम छु ।

तपाईंले २०६२/६३ सालको परिवर्तनदेखि अहिलेसम्मको परिवर्तमा जसरी निकट रुपमा संलग्न हुनुभयो र आज तपाईंले अन्तवार्तामा संघीयताका बारेमा संविधानको बारेमा नरम तानाशाहका बारेमा जति कुरा गर्नुभयो । त्यसबाट अरु कयौं पनि खासगरेर तराई केन्द्रित दलका तपाईंका साथीहरु, नेताहरु नै र जनताहरु चिडिने अवस्था देख्नुभएको छैन् ?

राजनीतिमा के हुन्छ भने केही कुरा सत्य बोल्दाखेरि तत्कालिन अवस्थामा चिडिन्छ । तर, जहिलेपनि भविष्य द्रष्टाको काम गर्छ । यदी रियल पोलिटिसियन हो भने उसले भविष्य हेर्छ ।

तपाईं यहाँका राजनीतिक शीर्ष नेतृत्वसँग मात्रै होइन भारतसँग दिल्लीका निकायहरुसँग पनि तपाईंको निकटको सम्बन्ध छ भन्ने कुरा तपाईं आफैं पनि स्वीकार गर्नुहुन्छ र बाहिरपनि भन्ने गरिन्छ । भारतको चाँही धारणा के होला संघीयताका बारेमा तपाईंले जुन चिन्ता व्यक्त गर्नुभो । भारतको एउटा सुरक्षा चासोको लागि पनि चीनको सुरक्षा चासोका लागि पनि यो उपयुक्त छैन भनेर जुन भन्नुभयो । अहिले आएर उनीहरुको धारणा पनि परिवर्तन हुन थालेको हो ?

हैन् एउटा कुरा के भने भारत जुन तरिकाले नेपालमा घटनाक्रम बढिरहेको थियो । नेपाल भारतका लागि एउटा सरदर्द बनिरहेको थियो । अहिलेको परराष्ट्रमन्त्री सुष्मा स्वराजको नै कोट अनकोट भन्न चाहन्छु–‘आधा टाइम दिउँसो कन्ट्रिमा इन्भेष्ट गर्नुपर्छ भने एक्लै नेपाललाई १२ घण्टा इन्भेष्ट गर्नुपर्छ ।'

किन किन ?

किनभने यहाँको जेका लागि पनि नेता भारतसँगै आशा गर्ने । आशा पुगेन भने सबैभन्दा पहिले भारतलाई नै गाली गर्ने । फोन गरेमात्रै हुन्थ्यो दौडेर पुगिहाल्ने ।

अब तपाईंले अघि भनेजस्तो सात जना मुख्यमन्त्री हुँदा, एकजनासँग गर्न त यति गाह्रो भइरहेको छ सातजनासँग कसरी गर्ने भन्ने उनीहरुलाई पनि तनाव छ उसोभए ?

तनाव छ नि । भारतलाई तनावको त कारण छ नि एउटा नेपालको संविधान नै र अर्को अहिलेको राजनीतिक घटना क्रम । मैले अस्ति जिस्किएर पनि भनेको थिए यो संविधानको के लागु भएको छ भने राष्ट्रपति बन्नपायो । माओवादीले भोट हालेर राष्ट्रपति बनाइदियो । एमालेले माओवादीलाई नै भोट हालेर उपराष्ट्रपति र सभामुख बनाईदियो । त्यति मात्र लागु भएको छ मैले बुझेको अहिलेको संविधान । किनभने व्यवहारमा जनतामा संविधान आएपछि जुन उल्लास हुनुपथ्यो, जनताको समस्या समाधानतर्फ जानुपथ्र्यो, त्यो त गएननी ।

अन्त्यमा गएको १० वर्षमा तपाईंले जस्तो धारणा राख्दै आउनुभएको थियो । र, आजको अन्तर्वातामा मेरो धारणा, सोचाईमा, मुल्यांकनमा परिवर्तन आयो भनेर जुन जनाउ दिनुभयो । बाहिर नभन्ने तर, तपाईंकै जस्तो धारणा राख्ने थुप्रै नेताहरु भेटेको छु । एमालेमा पनि माओवादीमा पनि कांग्रेसमा पनि । तपाईंले चाँही भन्नुभयो । अब तपाईंको धारणामा आएको परिवर्तन अघि म्याच्युरिटि भन्नुभएको थियो । त्यो सोचाईमा म्याच्युरिटि आएर, अध्ययनले, तथ्यगत परिवर्तनहरु भएर आएको हो कि तपाईंमा पनि अरु कसैले लेर आएर यो धारणा गाभिदिएको हो ?

हैन् । तपाईंको पहिलो पोइन्ट सही थियो कि यो तथ्यगत यसको अध्ययनले व्यवहारिक कारणले हो । आखिर मैले राजनीति गरेको पनि १० वर्षभन्दा बढी भइसक्यो । १० वर्ष पहिले त म सांसद नै थिएँ । आजको पनि म निर्वाचित सांसद नै हो । यो जुन देखिरहेको छु कि जनताको जुन आधारभुत र देशको आधारभुत हामी जहाँ अड्क्या छौ त्यसबाट निस्कनलाई पनि यो कुरा सम्हाल्नुपर्छ । किनकी अहिलेको अवस्थामा देश समाधानतर्फ गइरहेको छैन ।

त्यसकारण जबसम्म केही मान्छे हामी त अठोट गछौं कि यसलाई नसुधारे पब्लिकमा जान्छौं । यति ठूलो इन्फास्टक्चर नेपालमा चाहिन्छ कि चाहिँदैन । हामीलाई सय जना सांसदले पुग्छ कि पुग्दैन । दुई सय ८५ नै किन चाहिन्छ ? हामी त्यो संस्कारमा छौं कि एउटा पार्टीले हाइड्रो पावर बन्न दिने अर्को पार्टीले त्यो रोकिहाल्ने । किनभने त्यो पार्टीले शेयर पाएको हुँदैन, कमिसन पाउँदैन, शेयर भन्दापनि कमिसन मैले भन्न खोजेको । त्यो साहस जबसम्म लिडरमा हुँदैन तब सम्म यो देशको स्थिति अगाडि बढ्दैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.