कांग्रेस-माओवादीको विज्ञप्तिः सरकार कामचलाउ मात्र

कांग्रेस-माओवादीको विज्ञप्तिः सरकार कामचलाउ मात्र

काठमाडौँः नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अल्पमतमा परेको वर्तमान सरकारलाई महत्वपूर्ण निर्णय नगर्न ध्यानाकर्षण गराएका छन्।

बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको भन्दै महत्वपूर्ण निर्णय नगर्न ध्यानाकर्षण गराएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले दैनिक काम काजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालिन प्रभाव पार्ने निर्णयहरु नगर्न नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारको ध्यानाकर्षण गराउछौँ।'

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल र माओवादीका मुख्य सचिव प्रल्हाद बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान सरकार केबल काम चलाउ मात्र भएको उल्लेख गरिएको छ।

‘१३ राजनीतक दलले संसद सचिवालयमा २०७३ असार २९ गते अविश्वासको प्रस्ताव दर्ता समेत गरिसकेको अवस्थामा वर्तमान सरकार केवल काम चलाउ सरकारको हैसियतमा मात्र रहेको छ,' विज्ञप्तिमा अगाडि भनिएको छ, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको स्पष्ट छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.