बेलायती प्रधानमन्त्रीलाई ओलीको बधाई

बेलायती प्रधानमन्त्रीलाई ओलीको बधाई

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतकी नवनियुक्त प्रधानमन्त्री थेरेसा मेलाई बधाई दिएका छन् । नेपाल र बेलायतबीचको परम्परागत न्यानो, निकट, मित्रवत् र सहकार्यात्मक कूटनीतिक सम्बन्धले दुई सय वर्ष पार गरेको बताउँदै ओलीले बधाई सन्देशमा नेपालको लोकतान्त्रिक संघर्षमा बेलायतले पुर्‌याउँदै आएको सहयोगको प्रशंसा गरेका छन् ।

नेपालको अहिलेको प्रमुख प्राथमिकता संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माण प्रक्रियालाई गति दिनु रहेको सन्देशमा ओलीले उल्लेख गरेका छन् । दिगो आर्थिक विकास हासिल गर्नेतर्फ नेपालले आधार खडा गरेको बताउँदै ओलीले बेलायतबाट नेपालप्रतिको ऐक्यबद्धता र सहकार्य कायम रहने अपेक्षा व्यक्त गरेका छन् ।

बेलायतकी नयाँ प्रधानमन्त्रीमा बुधबार कन्जरभेटिभ पार्टीकी नेतृ थेरेसा मे नियुक्ति भएकी छन् । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेतृ आन्द्रेई लिडसमले सोमबार उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको थियो । नयाँ प्रधानमन्त्री थेरेसाले बुधबार पदभार ग्रहण गरेकी छन् । मार्गरेट थ्याचरपछि थेरेसा बेलायतकी दोस्रो महिला प्रधानमन्त्री बनेकी हुन् ।

५९ वर्षीया थेरेसा पूर्ववर्ती क्यामरुन सरकारकी गृहमन्त्री हुन् । गत जुन २३ मा भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायतीले बेलायत ईयूबाट बाहिरिने पक्षमा मत दिएका थिए । थेरेसा बेलायत ईयूबाट बाहिरिन नहुने पक्षमा थिइन् । यद्यपि थेरेसाले प्रधानमन्त्री नियुक्त भएलगत्तै आफूले ईयूबाट बेलायतलाई सहज बहिर्गमन गराउन भूमिका खेल्ने प्रतिक्रिया दिएकी छन् ।

जनमत संग्रहको परिणामलगत्तै प्रधानमन्त्री क्यामरुनले पदबाट राजीनामाको घोषणा गरेका थिए । प्रधानमन्त्रीका लागि बेलायती कन्जरभेटिभ पार्टीका दुई नेतृ थेरेसा र आन्द्रेईले उम्मेदवारी घोषणा गरेका थिए । सेप्टेम्बर ९ भित्र कन्जरभेटिभ पार्टीभित्र मतदान हुने र नयाँ नेतृत्व चुन्ने भनिए पनि प्रतिस्पर्धामा रहेकी पार्टीकी नेतृ आन्दे्रईले उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बनेकी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.