आयो विनीताको जुइनो

आयो विनीताको जुइनो

काठमाडौं: मोडल तथा अभिनेत्री विनीता बराल अब उपन्यासकार पनि बनेकी छन् । उनको पहिलो उपन्यास कृति ‘जुइनो' बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र विनीता स्वयंले संयुक्त रूपमा विमोचन गरेका हुन् । विभिन्न म्युजिक भिडियोमा मोडलिङ गरेकी विनीता चलचित्र ‘चपली हाइट'बाट चर्चामा आएकी हुन् ।

अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेकी बराल उपन्यास विमोचनका लागि नेपाल आएकी हुन् ।

कृति विमोचन समारोहमा कुराकानी गर्दै अभिनेत्री शर्माले मोडलिङ, चलचित्र एवं कृषीमा समेत लागेकी निीतालाई उपन्यास लेखनमा कसरी मन गयो भनेर सोधेको प्रश्नमा विनीताले भनिन्, ‘कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेख्न थालेँ तर कृषिको पृष्ठभूमिमा लेख्न सुरु गरेको उपन्यासप्रेम कथा बन्न पुगेछ ।'

आफूले पढेको राम्रो नेपाली प्रेमकथामध्ये ‘जुइनो'ले वैदेशिक रोजगार, छुवाछूत, पितृसत्तात्मकता जस्तो नेपाली समाजका धेरै कुरा समेटेको अभिनेत्री शर्माले बताइन् ।

उपन्यासकार बरालको पढ्ने बानीबारे ऋचाले राखेको जिज्ञासामा उनले भनिन्, ‘म पहिले अलिअलि मात्र पढ्थेँ । तर, उपन्यास लेखिसकेपछि त्यसलाई पुनर्लेखन गर्ने क्रममा प्राविधिक ज्ञानका लागि थुप्रै नेपाली पुस्तक पढेँ ।' फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकको मूल्य दुई सय ९४ रुपैयाँ राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.