लोभलाग्दो लोक सुसेली

लोभलाग्दो लोक सुसेली

काठमाडौं: नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले बिहीबार राजधानीमा ‘लोक सुसेली कार्यक्रम –२०७३' आयोजना गरेको छ । मोदनाथ प्रश्रितले मादल बजाएर उद्घाटन गरेको कार्यक्रममा विभिन्न लोक स्रष्टाले पूर्वीदेखि पश्चिम नेपालसम्मका लोक भाका सुनाएका थिए ।

लोक गायिका करिश्मा घर्तीमगरले मध्यपश्चिम क्षेत्रको लोक भाका ‘यो संसारमा भगवान् नै छन्' बोलको गीतबाट कार्यक्रम सुरु गरेकी थिइन् । यसपछि मञ्चमा उत्रिएका लोक गायक गम्भीर रानामगरले चलचित्र माइतीघरको टप्पा भाका ‘कला कुर्तैले' गाएर कार्यक्रम अगाडि बढाए । कलाकारद्वद्धय गीता सेन्चुरी र रञ्जित परियारले चर्चित भाका ‘यो दाजुको मिर्मिर आँखा' गाउँदा कार्यक्रममा सांगीतिक माहोल तातिएको थियो । यस्तै मीरा थापा र गम्भीर रानामगरले प्रस्तुत गरेको कौडा भाका ‘चिनिन मैले'लाई पनि उपस्थित दर्शकले त्यत्तिकै मन पराए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नेपालको परिचय भनेकै लोक संगीत भएकाले यसको जगेर्ना गरेरमात्र नेपाली लोक संस्कृति जोगाउन सकिने तर्क गरे । मोदनाथ पश्रतले एकै थलोमा बसेर नेपालका दर्जनभन्दा बढी लोक संगीत सुन्न पाउँदा आनन्द आएको बताए ।

सांस्कृतिक संस्थानका प्रबन्ध निर्देशक राजेश थापाले नेपाली लोक संस्कृतिको जगेर्ना गर्नु संस्थानको दायित्व भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकी परिषद् सदस्य तथा लोकसंगीत विभाग प्रमुख पवित्रा घर्तीमगरले पुराना लोक गीत संगीतलाई जगेर्ना गर्दै नयाँ पुस्तामा समर्पणका लागि लोक सुसेली कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । सो अवसरमा गायिका रीतु थापा, दामोदर भण्डारी, सबिना कुँवरलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.