ओलीविरुद्ध अविश्वासको प्रस्ताव साउन ६ गते संसद्‍मा

ओलीविरुद्ध अविश्वासको प्रस्ताव साउन ६ गते संसद्‍मा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव साउन ६ गते व्यवस्थापिका-संसदमा पेस हुने भएको छ।

साउन ६ गतेदेखि अविश्वासको प्रस्तावउपर छलफल हुने गरी सभामुख ओनसारी घर्तीले सूचना जारी गरेकी छिन्।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले गत बुधबार संसद् सचिवालयमा अविश्वास प्रस्ताव पेस गरेका थिए।

अविश्वास प्रस्ताव परिपक्क हुन सात दिन लाग्ने संसदीय प्रावधान बमोजिम साउन ६ गतेदेखि यसमा छलफल गर्न लागिएको हो। छलफलपछि यसउपर मतदान हुनेछ।
अविश्वासको प्रस्तावमाथि छलफल गर्नकै निम्ति संसद् सचिवालयले साउन ६ गतेमात्र संसद बैठक बस्ने जानकारी सूचना टाँसेर गराएको छ।

कुल सदस्य संख्याको एक चौथाई सदस्यले अविश्वास ल्याउन सक्न संवैधानिक प्रावधान छ। कांग्रेस र एमालेका  २ सय ५३ सांसदको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए।

कांग्रेस र एमालेले  सरकारको विपक्षमा मधेसी मोर्चा र साना दलसहित ३ सय १३ सांसदहरुको समर्थन जुटेको दावी गरेका छन्।

हालको ५ सय ९५ सदस्यीय संसदबाट प्रधानमन्त्री निर्वाचित हुन कम्तिमा २ सय ९८ सदस्यको समर्थन आवश्यक पर्छ। सदनमा कांग्रेसका २ सय ७ र माओवादी केन्द्रको ८२ मत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.