आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड

आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड

काठमाडौं: साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

'विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ' उनले भने ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

देवघाटमा पनि साउने मेला

नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलओम मेला सुरु भएको छ ।

आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।

साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका विभिन्न जिल्लासहित विशेषगरी भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मेला आयोजना गरेको हो । हरेक आइतबार ४ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म मेला चल्ने जनाएको छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ ।

यो पटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तिय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिने र एक हजार आठ शिवमन्त्रद्वारा होम गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।

मेलामा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडौं लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ । बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट आउने गर्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.