र्‌याम्पमा सृष्टिकालीन पहिरन

र्‌याम्पमा सृष्टिकालीन पहिरन

काठमाडौं: फेसन सो आधुनिक र ग्ल्यामरस पहिरन प्रदर्शन गर्ने माध्यममात्रै होइन, मौलिक कला संस्कृति प्रस्तुत गर्ने थलो पनि हो । ललितपुरको शोभाहिटीस्थित किरात याक्थुङ चुम्लुङ हिमको प्रेक्षालयमा शनिबार आयोजित एक फेसन सोले यो कुराको पुष्टि गरेको छ । सिसेक्पा तङ्नाम (साउने संक्रान्ति)का अवसरमा आयोजित फेसन सोमा प्रस्तुत गरिएका सृष्टिकालीन पहिरनले उपस्थित सबैको मन जित्न सफल भएको छ ।

याक्थुङ मुनचइत चोःक सयङले सिसेक्पा तङ्नाम एवं आफ्नो तेस्रो अधिवेशनका अवसरमा ‘फेसन सो' आयोजना गरेको हो । पूर्वी पहाडी क्षेत्रतिर पाइने लिम्बू समुदायको घरआँगन झल्किने स्टेजमा सृष्टिकालीन पहिरनमा मोडेलहरू निस्किँदा हल तालीले गुञ्जायमान भएको थियो ।

राजकुमार आङ्देम्बेको संयोजन तथा बबिता फोम्बोको कोरियोग्राफीमा भएको फेसन सोमा उपासना नेम्बा, रूपा आङबुहाङ, मञ्जु थेबे, निशा पोमू, सकुन केरुङ, लक्ष्मी योङहाङ, प्रदीप योङहाङ, बुद्धिसागर लिम्बू, राजकुमार आङ्देम्बेलगायतले र्‌याम्प नापेका थिए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मुनचइत चोःककी उपाध्यक्ष रंगकर्मी सिर्जना सुब्बाको स्वागत मन्तव्यपछि सुरु भएको थियो । सो अवसरमा याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तम थाङ्देन, चलचित्र निर्देशक नवीन सुब्बालगायतले आआफ्ना विचार राखेका थिए ।

निर्देशक सुब्बाले लिम्बू भाषामा बन्ने चलचित्रबारे प्रश्न उठाएका थिए । ‘हामी २७ जना लिम्बू चलचित्रका निर्देशक भएर पनि अहिलेसम्म लिम्बू चलचित्र बन्न सकेको छैन', उनले भने, ‘अहिले बन्दै आएका चलचित्र पूर्वीय भारतीय द्वीपका अनुसरण हुन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.