कमलामा पुल नहुँदा बोलबम तीर्थयात्रीलाई सास्ती

कमलामा पुल नहुँदा बोलबम तीर्थयात्रीलाई सास्ती

सिन्धुली: जिल्लाको हत्पते गावि-१,लङ्गुरखोलास्थित प्रशिद्ध १०८ मधुगंगा महादेव मन्दिरमा साउन महिनामा लाग्ने बाबाधाम मेला सोमबारदेखी सुरु भएको छ।

मन्दिरमा हरेक बर्षझै यस वर्ष पनि साउन महिनाको पहिलो सोमबारबाट मेलामा मधुगंगा महदेवको दर्शनका लागि पहेलो र गेरु रंगको बस्त्र लगाएर ठुलो संख्यामा भक्तजनहरुको उपस्थित हुन थालेको छ। प्रत्येक साउन महिनाभर लाग्ने मेलामा विशेष गरी साउनको पहिलो सोमबार भक्तजनाहरुको घुईचो लाग्ने गरेको छ।

महादेवको दर्शन तथा मेलाभर्न सिन्धुली तथा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहट, उदयपुर, रामेछाप, पर्शा लगायत भारतको सितामाढी, मधुवनी लगायतका शहरहरुबाट बोलबमका भक्तजनहरु आउने गरेको बोलबम मेला व्यवस्थापन समितिले जनाएको छ।

गत वर्षहरु झै यस वर्ष पनि मेलाका लागि शनिवारदेखिनै भक्तजनहरुको बाक्लो उपस्थित हुँदै गएको मेला व्यवस्थापन समितिका अध्यक्ष शन्तोष थापामगरले जानकारी दिए। मेलाका लागि आवश्यक तयारी समेत पुरा गरीएको मगरको भनाई छ।

मेला स्थलमा नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने ब्यवस्था मिलाईको बताइएको छ।साउन महिनाभरी मन्दीरमा मेला लाग्ने भएपनि विशेष गरी साउनको पहिलो सोमबार र त्यसपछिका सोमबाहरुमा भक्तजनाहरुको बाक्लो उपस्थित हुने गरेको छ।

शुद्ध मनले निराहार ब्रत वसि महादेवको दर्शन गर्नाले मनले चिताएको ईच्छा पुरा हुने विश्वास रहेको छ। यस महादेव मन्दीरमा साउन महिनाभरमा एकलाख बढी भक्तजनहरुले दर्शन गर्ने गरेकोमा यस वर्ष भने भक्तजनहरुको संख्यामा वृद्धि हुने मन्दिरका पुजारी बद्रीबहादुर मगरले बताए।

गतवर्षझै महादेव मन्दिरको आस्था र विश्वास प्रति थप प्रचार प्रसार भएको छ मन्दिरका पुजारी मगरले भने, 'यस वर्ष वर्षा कम भएका कारण पनि कमला नदी पारगर्न सहज हुने भएकाले बालबच्चा देखि वृद्धहरु समेत दर्शनका लागि आउने भएकाले यो वर्ष भक्तजनहरुको संख्यामा वृद्धि हुन्छ।'

शन्तान, धन, शिक्षा प्राप्ती र रोगब्याध हटाउनका लागि भक्तजनहरु महादेवको दर्शनका लागि मन्दिर आउने गरेको स्थानीय रेखराज दाहालले बताए। भक्तजनहरुबाट वर्षेनी ७ देखि १० लाख रुपैयाँसम्म भेटीघाटी मन्दीरमा जम्मा हुने गरेको छ।

उक्त भेटीबाट हालसम्म मन्दिर परिषरमा सात ओटा धर्मशालाको समेत निर्माण सम्पन्न गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

 

यता, महादेव मन्दिरमा मेला भर्ना आउने भक्तजनहरुलाई कमला नदीमा पुल नहुँदा भने सास्ति भएको छ। कमला नदीमा बाढी आउँदा वर्षेनी आधादर्जनबढी भक्तजनहरुलाई कमलाले बगाउने गरेको छ।

कमला नदीमा पुलको व्यवस्था नहुँदा बाढीमै कमला वारपार गर्नु पर्ने बाध्यता भएका कारण कमलाको जोखिम मोलेरै भएपनि भक्तजनहरु मन्दिर पुग्न थालेका छन्।

कमलानदी पार गरेर मात्र मन्दिर पुगिने भएकाले कमलामा हालसम्म एउटा झोलुंगे पुलसम्म नभएका कारण भक्तजनहरु मृत्यूसंग ज्युध्दै नदी तर्न बाध्य छन्।

तराईबाट आउने भक्तजनहरुले रानीवास गाविसको झुंगासम्म मोटरबाट आएपछि कमला नदी पार गर्नु पर्दछ। त्यसपछि झण्डै चार घण्टाको उकालो पैदल चढी हत्पते डाँडामा पुगेर फेरी दुई घण्टा ओरालो झरेपछि मात्रै मन्दिरमा पुग्न सकिने स्थानिय वासिन्दा बताउँछन्।

कमला नदीमा पुल नहुँदा तीर्थयात्रीको पार गर्ने क्रममा बगाएर प्रत्येक वर्ष मृत्यु हुने गरेको छ। अघिल्लो वर्ष पनि कमलाले बगाउँदा आधादर्जनबढी तिर्थालुको ज्यान गएको थियो।

स्थानीय रेखराज दाहालका अनुसार मेला भर्न आएका तीर्थयात्रीहरु कमलानदीले बगाएमा मुक्ती मिल्ने भन्दै बाढीमा हेलिने गरेकाले बगाउने गर्दछ । ज्यानको माँया हुनेहरु स्थानीय यूवाको सहायताले नदी पार गर्ने गर्दछन्, उनले भने,‘ केही भने आफैं नदी पार गर्न खोज्दछन् र बगाएर मृत्यु हुन्छ।'

झण्डै ३२ करोड रुपैयाँ लगानीमा कमलामा पक्की पुल निमार्ण थालिएको भएपनि हाल ४० प्रतिशत मात्र पुलको काम सकिएको छ । उक्त पुलको निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्छ।

उता पुल निर्माण कम्पनीले पुलको निर्माणका कार्य विचमै छाडेपछि कमला नदीबाटैै ज्यान जोखीममा राखेर वारपार गर्नु पर्ने अवस्था आएको भक्तजनहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.