फुटबल-क्रिकेट खेलाडीलाई खेल सामाग्री वितरण

फुटबल-क्रिकेट खेलाडीलाई खेल सामाग्री वितरण

चन्द्रपुर: फुटबल तथा क्रिकेट खेलको प्रशिक्षण लिइरहेका किशोर-किशोरीहरुलाइ रौतहटमा खेल सामाग्रीहरु बितरण गरिएको छ।

नेपाल खेलकुद क्लव चन्द्रनिगाहपुरले पौराइ र चन्द्रनिगाहपुरमा फुटवल खेलको प्रशिक्षण लिइरहेका ८० जना भन्दाबढी महिला खेलाडीहरुलाइ जर्सी, बुट, फुटवल लगाएतको खेल सामाग्री वितरण गरेको छ।

यस्तै बिश्रामपुर, रमौलीबैरीया गाबिसका क्लवहरु र हर्साह, नजरपुर लगाएतको स्थानहरुमा क्रिकेट खेलका लागी आवश्यक समाग्रीहरु रौतहट क्षेत्र नम्वर ६ का संसद राम कुमार भट्टराईले वितरण गरेका छन।

रौतहटले महिला फुटवल र क्रिकेट खेलको राष्टियस्तरका खेलाडीहरु जन्माइ सकेकाले आगामी दिनहरुमा पनि सक्षम खेलाडीहरु उत्पादन गर्नका लागी आफुले खेलकुद क्षेत्र लगानी गरेको संसद भट्टराइले बताए।

बिभिन्न गाबिसका १२ वटा क्लवहरु लाइ फुटवाल ५० थान, क्रिकेटको वल, व्याड लगाउत अन्य सामाग्री १५ सेट, भलिवल र नेट १० थान, व्याडमेन्टन लगाएत खेलका लागी आवश्यक सामाग्रीहरु बितरण गरेको नेपाल खेलकुद क्लवका अध्यक्ष मधुसुधन धितालले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.