बाटो काट्दा पिकअप भ्यानले बालिकाको ज्यान लियो

 बाटो काट्दा पिकअप भ्यानले बालिकाको ज्यान लियो

राजविराज: बाटो काट्ने क्रममा टाटा पिकअप भ्यानको ठक्करबाट सप्तरीमा गएराति एक बालिकाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

खोजपुर ८ स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा.२ झ ७८४ नम्बरको टाटा पिकअप गाडिको ठक्करले पैदलयात्री पन्सेरा ७ बस्ने किस्मत मियाँकी तीन बर्षीया छोरी सतोहा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करले मृतकका बुवा किस्मत मियाँ र मोहम्मद इसरानकी ५ बर्षीया छोरी रुक्सार खातुन घाइते भएका छन्। ठक्करबाट गम्भिर घाइते भएका तीनै जनालाई उपचारका लागि सप्तऋषी अस्पताल लहान लगिएकोमा सतोहाको उपचारका क्रममा मृत्यु भएको हो।

अन्यको उपचार भइरहेको छ। ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.