साउने सोमबार, हरियो चुरापोते र सेल्फी मोह (फोटो फिचर)
काठमाडौं: साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले पशुपतिमा महिला दिदीबहीनीको लगायत भक्तजनले भजन कीर्तन गरेका थिए।
उनीहरुले शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहिआएको छ। पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ। पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन्। साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएपछि भक्तजनले नाचगान गरिरहेका देखिन्थे भने कोही मेहेन्दी लगाउनमा व्यस्त देखिन्थे। यस्तै यवतीहरु भने साथीभाई भेला भएर सेल्फीमा रमाइरहेका थिए। फोटो पत्रकार रजेन्द्र केसी र दिनेश विक्रम शाहले आफ्नो क्यामरा केौ गरेका तस्बिरहरु हेर्नुस्...