राजकुलो पनि मासेर जग्गा प्लटिङ !

राजकुलो पनि मासेर जग्गा प्लटिङ !

भक्तपुरः भक्तपुरको साविक चित्तपोल गाउँ विकास समिति १ भकारी मूलमा रहेको राजकुलो मासेर जग्गा प्लटिङ गरिएको छ । साविक चित्तपोल र ताथली गाविससँगै भक्तपुर नगरपालिका २ र ७ वडामा पर्ने जगातिसम्म सिंचाइको लागि प्रयोग हुने राजकुलो मासेर जग्गा प्लटिङ गरिएको हो ।

हाल सूर्यविनायक नगरपालिका १२ वडामा पर्ने उक्त राजकुलोमार्फत नै स्थानीय किसानले रोपाइँसँगै नगदेबाली गर्दै आएका थिए । तर अहिले जग्गा प्लटिङ गरिँदा राजकुलो मासिएपछि सिंचाइमा समस्यामा आएको स्थानीयको गुनासो रहेको छ ।

साविक चित्तपोल र ताथली गाविसको सीमा खोला तब्या खुसीको राम्चेस्थित नहर भएर उक्त राजकुलोमा पानी आउँछ । त्यस्तै चित्तपोलको पलासेंदेखि अरनिको राजमार्ग उत्तरस्थित सम्पूर्ण बस्ती तथा खेतबारीबाट आउने पानी यही राजकुलोमा मिसिने स्थानीयको भनाइ छ ।

हाल राजकुलो म्हासिँदा राजकुलो भई बग्ने पानी स्थानीयको धानखेत भएर बगेको र पानीको बेगले धानबालीमा क्षति पुगेको स्थानीय शिव कार्कीले बताए ।

उनका अनुसार प्लटिङकर्ताहरुले राजकुलोको सबै डिल भत्काएर ढुंगाको पर्खाल लगाएका छन् । जसले गर्दा राजकुलोमा पानी बग्न पाएको छैन । उनीहरुलाई राजकुलो छाडेरमात्रै पर्खाल लगाउन पटकपटक आग्रह गरिँदा पनि पेलेर पर्खाल लगाएको उनको आरोप थियो ।

‘जग्गा प्लटिङहरुले स्थानीयको कुरा नमानेपछि वडा कार्यालय हुँदै नगरपालिकासम्म राजकुलोको संरक्षण गर्न जग्गा प्लटिङ कार्य रोका गर्न निवेदन दिँदा पनि कुनै सुनुवाइ भएन', उनले भने ।

 

स्थानीयले गत असार ६ गते नै सूर्यविनायक नगरपालिका १२ संयुक्त वडा कार्यालयमा सयौं वर्षअघि देखिको राजकुलो म्हासेर जग्गा प्लटिङ गरेको जानकारीसहित निवेदन दिएका थिए । तर वडा कार्यालयले नगरपालिकामै निवेदन दिन भनेको थियो । सोहीअनुसार स्थानीयले निवेदन दिएपछि नपाका कार्यकारी अधिकृतले ‘के भएको निरीक्षण गरी तु. आ. का.' भनी पुनः वडा कार्यालयमै निवेदन फर्काएको अर्का स्थानीय रामहरि कार्कीले जानकारी दिए ।

उनले नपाका कार्यकारी अधिकृतले उक्त निवेदनमा ‘आवश्यक परे नपाबाट प्राविधिक सहयोग लिन' समेत तोक आदेश गरेका बताए ।

‘सोही तोक आदेशसहितको निवेदन लिएर वडा कार्यालयमा जाँदा वडा सचिव कुमार राउतले हाम्रो कुरा सुनेनन्', उनले भने, ‘उहाँ (वडा सचिव कुमार राउत) पनि जग्गा प्लटिङकर्ताहरुसँग मिलेकैले राजकुलो म्हासिँदा पनि चुप बसेको हामीलाई आशंका छ ।'

उता वडा सचिव राउतले भने कार्यालयको स्वीकृतिबेगर नै प्लटिङसँगै पर्खाल लगाएकाले त्यसो नगर्न पटकपटक सचेत गरेको बताए । ‘स्थानीयबाट विरोध आउनेबित्तिकै प्लटिङकर्ताहरुलाई राजकुलो नम्हास्न सचेत गर्दै आएका छौं', वडा सचिव राउतले भने, ‘उनीहरुले हाम्रो कुरा सुनेनन् । स्वीकृतिविना लगाइएको पर्खाल भत्काइन्छ । जग्गा प्लटिङ पनि रोकिन्छ ।'

उनले उक्त प्लटिङ कार्य गर्न व्यवसायीहरुले काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुरबाट समेत स्वीकृति नलिएको जानकारी दिए ।

जग्गा प्लटिङकर्ताहरुमध्ये एक प्रेम बस्नेतले प्राधिकरणमा स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिँदै राजकुलो नमिचेको र नम्हासेको दावी गरे ।

उनले आफूहरुले किनेको जग्गा सुरक्षा गर्न चार किलामा रहेका संधियारहरुको सहमतिमा पर्खालमात्रै लगाएको जानकारी दिए ।
‘नक्सामा भएको राजकुलो म्हास्ने वा मिच्ने कुरै हुँदैन', बस्नेतले भने, ‘हामी त्यसको संरक्षण गर्छौं ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.