प्रचारमा जुटे ‘हट केक' अभिनेता अनमोल

प्रचारमा जुटे ‘हट केक' अभिनेता अनमोल

काठमाडौँ: अहिलेका हट केक अभिनेता अनमोल केसी चलचित्र म त तिम्रै हुँको प्रचारमा जुटेका छन्।

अनमोल क्रियसनको ब्यानरमा श्रीराम महतद्वारा निर्देशित यो चलचित्र शुक्रबारदेखि प्रदर्शन हुँदैछ। चलचित्रका बारेमा सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अनमोल स्वयं उपस्थित भई चलचित्रका बारेमा जानकारी दिए।

कार्यक्रममा उनले आफूले यस चलचित्र अभिनय नगर्नुको कारणसमेत खोले। ‘ममीले चलचित्रको कथा तयार गर्दा मलाई हेरर लेख्नुभएको छैन।

यस चलचित्रको कथामा म फिट नहुने भएकाले चाहेर पनि अभिनय नगरेको हुँ', अनमोलले भने, ‘म त तिम्रै हुँको कथा सुहाउँदो पात्रमा आकाश श्रेष्ठ फिट हुनुका साथै राम्रो काम पनि गरेका छन्।'

अनमोल क्रियसनको ब्यानरमा सुस्मिता केसीको लगानी रहेको यो चलचित्र राम्रो बनेको अनमोलले बताए। यस चलचित्रलाई लिएर निर्देशक श्रीराम महत पनि निकै उत्साहित छन्। ‘म विगत लामो समयदेखि यही क्षेत्रमा क्रियाशील छु।

आफ्नो अनुभवलाई प्रयोग गर्दै मेहनतका साथ चलचित्र तयार गरेको छु', निर्देशक महतले भने, ‘म त तिम्रै हुँलाई दर्शकले मन पराउने विश्वास लिएको छु।' चलचित्रमा आकाश श्रेष्ठ, ज्योत्सना योगी, सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्कालगायतले अभिनय गरेका छन्।

आफ्नै आमाले निर्माण गरेको चलचित्रमा अनमोलले किन अभिनय गरेनन् भन्ने जिज्ञासा अहिले चलचित्र बजारमा चलेको छ। तर यसबारे पत्रकार सम्मेलनमा उनले स्पस्ट पारिदिए। ‘मेरो लागि बाबाआमा दुवै बराबर हुनुहुन्छ', अनमोलले भने, ‘मलाई सुहाउने स्क्रिप्ट भएमा खेल्न तयार छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.