मलेसियाबाट १६ नेपाली कामदारको उद्धार
काठमाडौँ: मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ।
मलेसियास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र आज गरी दुई चरणमा नेपाल पठाइएको हो।
दूतावासले हालसम्म सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थाको सहयोगमा ६१२ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाइसकेको जनाएको छ।
थुनुवा केन्द्रमा रहेका अन्य नेपालीलाई समेत निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ। रासस