चितुवाको आक्रमणले ४ वर्षे बालिका घाइते
अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क वडा नं २ कुरमा चितुवाको आक्रमणबाट चार वर्षे बालिका घाइते भएकी छन् ।
कुर निबासी मधु दमासेकी चार वर्षकी छोरी परी दमासेलाई घरमा खेलिरहेका बेला मंगलबार साँझ चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सन्धिखर्कमा उचपार हुन नसकेपछि थप उपचार गर्न बुटबल रिफर गरिएको छ ।
उनको टाउकामा गम्भीर चोट लागेको छ ।