ट्रिपरको ठक्करले एकको मृत्यु, सात घाइते
अर्घाखाँचीः अर्घाखाँचीको ठाडामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
नरपानीबाट कपिलबस्तुतर्फ जादै गरेको बा ३ ख ७०९५ नम्बरको ट्रिपर गएराति ठाडा गाविसको वाड नम्बर तीन अमराई गोरथुममा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी कपिलबस्तु पत्थरकोटका २० वर्षका विशाल सारु मगरको ज्यान गएको ईलाका प्रहरी कार्यलय ठाडाले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सातजनाको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचार भैरहेको छ ।