लर्डसमा नेपालले एमसिसीलार्इ ४१ रनले हरायो

लर्डसमा नेपालले एमसिसीलार्इ ४१ रनले हरायो

काठमाडौं: क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा मंगलबार भएको मैत्रिपुण एकदिवशिय खेलमा नेपाली टोली विजयी भएको छ । विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)सँग भएको खेलमा नेपाल ४१ रनले विजयी भयो ।

टस जितेपछि पहिला ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय १७ रन जोडेको थियो । नेपाली टोलीको पालीमा प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन जोडे । कप्तान पारस खड्काले ३०, शरद भेषावकरले २७, सागर पुनले २६, राजु रिजाल र बसन्त रेग्मीले २४/२४ तथा सोमपाल कामीले २० रन जोडेका थिए ।

प्रारम्भिक ब्याट्सम्यान अनिल मन्डलले दुई र मध्यक्रमका विनोद भन्डारीले नौ रन बनाए । एमसिसीले ४७.२ ओभरमा सबै विकेट गुमाएर एक सय ७६ रन जोड्यो । बलिङतर्फ नेपालका स्पिनरले आठ विकेट हात पारे । बसन्त रेग्मी र सागर पुनले तीन तीन विकेट लिए । शक्ति गौचन र सन्दिप लामिछानेले एक एक विकेट हात पारे ।

तेज बलर सोमपाल कामीले दुई विकेट लिए । एमसिसीका प्रारम्भिक ब्याट्सम्यान एडायर एक्लैले एक सय रन बनाए । विकिलसनले २० र क्लार्कले १६ रन जोड्नुबाहेक एमसिसीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । एमसीसीले ३५ रन जोड्दा शक्तिले पहिलो विकेट झारेका थिए । अन्तिम समयसम्म टोलीलाई समाल्ने प्रयास गरेपनि एडायरलाई बसन्तले आउट गरेका थिए ।

एमसिसीको निमन्त्रणापछि नेपालले लर्डसमा खेल्ने मौका पाएको हो । नेपालले अब अगष्ट १३ र १५ तारिखमा नेदरल्यान्ड्सविरुद्ध आईसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल खेल्ने छ । एमसिसीसँग खेल्नुअघि इङ्ल्यान्डमा खेलेका सबै चार वटा अभ्यास खेलमा नेपाली टोली विजयी भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.