सुनकोसीको किनारमा बस्ने निदाउँनै छाडे

सुनकोसीको किनारमा बस्ने निदाउँनै छाडे

सिन्धुलीः गत साता सिन्धुपाल्चोक स्थित भोटेकोसी नदीमा एक्कासी पानीको बाहव बढेपछि त्यसबाट हुने सम्भावित खतराबाट बच्न सिन्धुली प्रहरीले मध्यरातमा नदी आसपासका सर्वसाधरणलाई घर छाडेर सुरक्षित स्थानमा बस्न भन्यो ।

सुनकोसी आसपासका सर्वसाधरण रातारात भागाभाग गरे । सिन्धुली र रामेछाप स्थित सुनकोसी किनाराका दुई सयबढी सर्वसाधरणमा मध्यरातमा घर छाडेर सुरक्षित स्थामा बसे ।

गत साउन २१ गते मंगलबारारती एक्कासी चिन तर्फबाट भोटेकोसीमा बाढी आउँदा सिन्धुपाल्चोकमा दर्जनौ घरहरु बगायो । ठुलोसंख्यामा भौतिक संरचनामा क्षेती पुग्यो । सयौं विस्थापीत भए ।

त्यसको ठिक दुई वर्ष अघि सिन्धुपाल्चोक स्थित जुरे पहिरो झरेर सुनकोसी नदी थुनीदा त्यहाँका पाँचसयबढीको मृत्यू भयो । सयौंघर सहित बस्तिनै सुनकोसीमा विलायो । पहिरोले नदी थुनीदा बनेको ताल फुट्ने डरले सुनकोसी तटीय क्षेत्रका हजारौं बासी एक महिनाबढीसम्म विस्थापीत भए ।

पहिरोले थुनिएको नदी फुटे सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, उदयपुर लगायतका जिल्लास्थित सुनकोसी नदी किनारमा बस्ने हजारौं घरहरु तथा भौतिक पूर्वाधारमा क्षति पुर्‌याउने भन्दै स्थानीय प्रशासनले बस्तिनै खाली गराएको थियो ।

त्यस बेला पनि सिन्धुली रामेछाप स्थित सुनकोसी किनाराका सर्वसाधरण एक महिनासम्म ढुक्क भएर घर फर्कन सकेका थिएनन् । त्यस बाहेक हरेक बर्खामा आउँने बाढीका कारण पनि सुनकासी नदी तटिय क्षेत्रका सर्वसाधरण ढुक्कले बस्न नसकेको बताउँछन् । अझ जुरे पहिरो पछित बर्षेनी जस्तो बर्खालागेपछि त्रासैत्रासमा बस्नु परेको सुनकोसी किनारका बासिन्दा बताउँछन् ।

जुरे पहिरोको त्रासमा महिनौ विस्थापीतहरु फेरी भोटेकोसीको बाढीपछि दुई सातादेखी ढुक्कले बस्न नपाएको सुनकोसी किनार स्थित खुर्कोट बजारका केशव श्रेष्ठ बताउँछन् । श्रेष्ठलगायत खुर्कोट बजारका सयौं घरहरु नदीको जोखीममा परेका छन् । होटल ब्यावसाय गर्दै आएका श्रेष्ठ दिनभर त्रासकै विच होटल गरेर बसेपनि रात पर्दै गएपछि उनि सुरक्षित स्थानको खोजिमा हिड्छन् ।
उनलाई उक्त होटलमा बस्न मन छैन् । तर, उनको जाने ठाउँ पनि छैन् । ‘भएको सबै श्रीसम्पती होटलनै हो । छाडेर कहाँ जाउँ । बसौं दिनदिनै सुनकासी नदीमा पानिको बाहव बढेर बस्तिमा पस्ला जस्तो भएको छ । भोटेकोसीमा आएको बाढीपछि सुनकोसी नदीमा पानिको बाहव उच्च छ ।

बर्खामा परेको पानिको बाढीले झनै नदीमा पानी बढेको छ यसले पनि झन त्रसीद बनाएको छ,' उनले भने ।

 

सिन्धुलीसम्म आइपुग्दा सुनकोसीमा भोटेकोसी, तामाकोसी र रोसी मिसिन्छ । यी नदी क्षेत्रमाबर्खाकै समयमा परेको पानीले पनि ठुलो बाढी आउँछ । ‘झनै भोटेकोसीको बाढीले थप जोखीम बनाएको छ । पानी परेपछि नदी किनारका सर्वसाधरणको दैनिकी त्रासदी र कष्ठपूर्ण बनेको छ,' श्रेष्ठले भने ।

निदाउन छाडे सुनकोसी किनारबासी
भोटेकोसीको त्रासदी कम भएपनि बर्खासंगै आउँने बाढीका कारण त्रास कायमै रहँदा कतिपय सर्वसाधरणले सुनकोसी नदी किनारका सर्वसाधरणले घर छाडेर अनेत्र बस्न थालेका छन् ।

घर फर्केकाहरुको पनि मनमा चैन छैन् । ‘दिनरात नदी तर्फ हेर्दै रामराम जपेर बस्नु पर्ने अवस्था आएको छ । बाढीले नदी किनारमा कटान थालेको छ । यो वर्ष अघिल्लो बर्षको तुलनामा नदीमा धेरै पानी बढेको छ । सुनकोसी नदी कुनबेला बस्तिमा पस्ने हो भन्ने त्रास फैलिएको छ,' भुवनेश्वरीका गौरव कार्कीले अन्नपूर्णलाई भने ।

जोखीम मोलेरै नदी किनारमा बस्नेहरु पनि रातमा निदाउन छाडेका छन् । बाढीको डरका कारण सुनकोसी किनारका सर्वसारधण रातभर जाग्रम बस्ने गरेको कार्की बताउँछन् । भुकम्पले घर ध्वस्त भएपछि अस्थायी टहरोमा नदी किनारमा बस्दै आएका भुवनेश्वरी ८ का श्याम मंग्राती दुई वर्षदेखी बर्खाभर निदाउन छाडेको बताउँछन् ।

उनले भने, ‘भुकम्पले घर ध्वस्त बनाएपछि टहरोमा बसेका छौं । टहरोमा पनि बाढी र पहिरोको त्रासले बर्खाभर चैनले बस्न सकिएन । दिनभर यताउती गरेर समय विताएपनि रातभर सुनकोसी नदीलाई हेर्दै जाग्राम बस्ने गरेका छौं ।' २०७१ सालको बर्खामा जुरेमा पहिरो गएर सुनकोसी नदी थुनीएपछि एक महिनासम्म घर छाडेर बसेका मंग्राती भुकम्प पछि गत वर्ष बाढी र पहिरो तथा वर्षातको त्रासमै बसे ।

यसपालि फेरी भोटेकोसीमा बाढी उर्लेर आउँदा सुनकोसी नदीमा पानीको बाहव बढेकाले अस्थायी टहरोनै बगाउनेहोकी भन्ने त्रास रहेको उनले बताए । आफुजस्तो दुई सय बढी सुनकोसी किनारका परिवार रातभर नदीको पानी हेरेर जाग्रम बस्ने गरेको उनको भनाई छ ।

सिन्धुलीको कुशेश्वर, सितलपाटी, पुरानो झाँगाझोली, झाँगाझोली रातमाटा, भिमेश्वर, भुवनेश्वरी, तिनकन्या, डुडभन्ञ्याङ, सुम्नाम पोखरी, साङसाङ, तोश्रामखोला, सोल्पा, रत्नावती र रामेछापको आधादर्जनबढी गाविसका झण्डै चारसय परिवार सुनकासी नदीको जोखीममा छन् ।

जिल्लाको खुर्कोट र भुवनेश्वरीको ग्वाल्टार तलको क्षेत्र सुनकोसी नदीको अति जोखीममा रहेको मानिन्छ । उनिहरुमा अझै कतिवेला बाढी आउने हो र क्षेती पुर्‌याउने हो भन्ने सन्त्रास भइरहेको खुर्कोटका स्थानीय गणेश देवकोटाले बताए ।

सुनकोसी नदी सिन्धुली जिल्ला अन्तरगत मात्र झण्डै ९८ किलोमिटर क्षेत्रमा बहने भएकाले पनि जिल्लामा धेरै ठुलो क्षेत्र खतरामा रहेको छ । बाढीबाट झण्डै १८ करोड रुपैयाँ लागतमा हालैमात्र निर्माण सम्पन्न सिन्धुली र रामेछाप जोडिने सुनकोसी पुल, सवा करोड लागतमा निर्माण खुर्कोटमा रहेको इलाका प्रहरी चौकी, बलेनीको प्रावि विद्यालयका साथै विपी राजमार्ग र मध्यपहाडी लोकमार्गको झण्डै ९० किलोमिटर भित्रका अधिकांस क्षेत्र जोखीममा पर्ने अनुमान गरीएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.