कीर्तिपुर केन्द्र भएर भूकम्पको धक्का
काठमाडौँः शुक्रबार दिउँसो काठमाडौँको कीर्तिपुर केन्द्र बिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो २ः४० बजे कीर्तिपुर केन्द्र भएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
सानो धक्का गएको भए पनि काठमाडौँ नै केन्द्र भएकाले काठमाडौँमा ठूलो धक्का महसुस गरिएको छ ।