सम्पदा संवर्द्धन आंगलीय शिक्षाको प्रभाव
राणाशासनकै समयमा श्री ३ महाराज/प्रधानमन्त्री देवशमशेर राणाको प्रधानमन्त्रीत्वकालमा दरबार हाइस्कुल स्थापना भयो । दरबार स्कुल दरबारिया परिवारकै सन्ततिका लागि खोलिएको थियो । हुकुम प्रमांगीका आधारमा मात्र दरबारबाहेक दुनियाँदारका सन्तानले त्यहाँ पढ्न पाउँथे । चन्द्रशमशेरको शासनकालमा वि.सं. १९७५ मा काठमाडौंमा त्रिचन्द्र कलेज र वि.सं. १९८१ मा भक्तपुरमा ‘भक्तपुर इङ्लिस स्कुल' स्थापना भयो । त्रि–चन्द्र दोहोरो अर्थबोधक शब्द छ । त्रि– अर्थात् तीन अर्थात् श्री ३ चन्द्र । अर्को त्रि अर्थात् त्रिभुवन पनि ।
‘भक्तपुर इङ्लिस स्कुल' त्यसबेला दत्तात्रय मन्दिर परिसरको एक सत्तलमा आरम्भ भएको थियो । स्कुलको प्रारम्भिक चरणका शिक्षकमा स्व. ठाकुरदास र स्व. आद्याचरण राजभण्डारी रहनुभएको थियो । राजभण्डारी निवास म•लाछें नासमना टोलमा छ । सुन्दर काष्ठकलापूर्ण यो घर भक्तपुरलाई सम्पदायुक्त सांस्कृतिक नगर बनाउन योगदान पुर्याउन आवासीय भवनहरूमध्येमा गणना गरिन योग्य छ । सांस्कृतिक नगर घोषणा गराउन आवश्यक अनेक आधारभूत आयामिक पक्षहरू किटान हुनु, गरिनु जरुरी हुन्छ ।
भौतिक संरचना, पुरातात्त्विक वास्तु सम्पदा, कुवा, ढुंगेधारा, इनार, पौवा पाटीहरू, मन्दिर, चिभाः र विहारहरू, प्रस्तर, काष्ठ, धातु, मृत्तिका, काँच र अन्य सम्मि श्रणयुक्त कला वस्तुहरू, प्राचीन स्नानागारहरू, ढुरे जलद्रोण (जःध्वं), ढल निकास आदि हुन् । यसका साथै जनजीवनले चलनचल्तीमा उपयोग गरेका मृत्तिका, प्रस्तर, खरीढुरा, काष्ठ र धातुका साधन सामग्रीहरू अरू थप हुन् ।
यसरी नै जनजीवनको निर्वाहमूलक अनेक थरीका पेसासम्बन्धी औजार साधन सामग्रीहरू पनि हुन् । मन्दिर, स्तूप र चिभाःका साथै आगम् घरहरूमा उपयोग हुने गरिने अनेक आचरणका शीलपालन गर्न प्रयोग हुने गरिने गोपनीय साधन सामग्रीहरू पनि उत्तिकै महत्त्वपूर्ण रहेका हुन्छन् । तर, प्रस• भक्तपुरमा आरम्भ भएको आंग्लीय शिक्षा आरम्भ भएको छ ।
‘भक्तपुर इङ्लिस स्कुल' पछि तापालाछी टोलमा स्थानान्तरण गरियो । भक्तपुर नगर १५ वडा स्थित कालीचरण झाको निवास सरकारीकरण गरी स्थानान्तरण गरिएको थियो । त्यो घर ठूलै चोक, बगैंचा, इनार, शौचालय परिसरयुक्त नै रहेको थियो । २००१ साल फागुनमा मलाई मामा स्व. विज्ञानबहादुर मल्लले कक्षा १ मा प्रवेश गराउनुभएको थियो । त्यसताका ‘भक्तपुर इङ्लिस स्कुल' कक्षा ६ सम्मको निम्न माविमात्र थियो ।
२००३ सालमा पद्मशमशेर प्रधानमन्त्री भएको उपलक्ष्यमा हाइस्कुल तहमा उकासियो । हाइस्कुलमा उकासिएपछि इन्द्रप्रसाद शर्मा प्रधानाध्यापक भएर काठमाडौंबाट आउनुभयो । पूर्वप्रधानाध्यापक अखण्डप्रसाद धौभडेल सहायक प्रधानाध्यापक रहनुभयो । बी.ए. उत्तीर्ण नभएकाले सहायक प्रधानाध्यापक हुनु परे पनि पूर्वअभ्यास र अनुभवका कारण उहाँले प्रधानाध्यापकलाई पूर्ण रूपमा सहयोग दिनुभएथ्यो ।
२००७ सालमा आएको प्रजातन्त्रले शैक्षिक जागरणमा बल त पुर्याएकै हो । तर सांस्कृतिक चेतमा बल पुर्याउन सकेन । सांस्कृतिक चेतना बाह्य प्रभावमा आधारित राजनैतिक र शैक्षिक जागरणमा भन्दा मिहिन अन्तर जागरणमूलक चेतमा बलियो बन्छ । श्री पद्म हाइस्कुलको पुरानो घर अब सानो र साँघुरो भइसकेको छ । त्यसै क्रममा नयाँ भवन बनाउने रहरका लहर उर्लन थाले ।
खौमा टोलको उत्तर लङमा रहेको मध्यकालीन वसन्तपुर दरबार भत्केर बारी बगैंचामा परिणत भएको ९९ चोकमध्येका ती बगैंचामा शैक्षिक भवन निर्माणको लहडी गिद्ध दृष्टि पर्न गयो । त्यहाँ शैक्षिक चिन्तन र सांस्कृतिक संचेतनाबीच मतभेद हुन थाल्यो । शैक्षिक घरहरूमा श्री पद्म हाइस्कुल र सांस्कृतिक संचेतना घरमा छेंभडेल अड्डाका हाकिम खरदार जयमल प्रधाना•, ऐश्वर्यलाल प्रधानांग आदि थिए ।
भर्खरै प्रवेश भएको प्रजातन्त्रका झोंक्का चर्काचर्की थियो । जग्गा प्राप्ति निमित्त चर्कोचर्को नाराका साथ विद्यार्थी जुलुस चल्यो । अनेक नाराबाजीका बोलहरूमध्ये एक थियो– ‘जयमल खर्दार मुर्दावाद' । जयमलका छोरो मनोहरलाल श्री पद्म हाइस्कुलकै ७÷८ कक्षाका विद्यार्थी थिए । जुलुसका सहभागी बिचरा मनोहर पनि आफ्ना पिताविरुद्धका नारा लगाउनै पर्ने निर्मम निरीह बाध्यतामा लपेटिएथे । जीवन्त अनुभूति मेरो यो ।
हुबहु तुलजा भवानीको मूलचोककै क्षेत्रफल ओगटेका सानाठूला बारीबगैंचामा परिणत भएका सीमाबद्ध आकार आँखैदेखि साक्ष थियो मेरो । यामान नास्पाति, सुन्तला, भोगटे, बिमिरो, ज्यामिरका फलहरू लटरम्म फलेका हुन्थे । श्री पद्म हाइस्कुलको जग खन्दा मनग्य देखेको थिएँ । ती चोक आकारका चौपत्ता बारीहरू । ती बारी, बगैंचाका चारैतिर झन्डै तीन फिट चौडाइका जग आकारका पद मार्गहरू रहेका स्पष्टै देखिन्थ्यो ।
जगहरू खन्दा जमिनमुनि के के पाइए÷भेटिए थाहा भएन । तर थुप्रैथुप्रै मृत्तिका÷माटाका सामानहरू पाइएको देखेको थिएँ । त्यतिन्जेल हाम्रा सांस्कृतिक संचेतनाका आयाम मेरै मभित्र अहिलेझैं उघ्रिसकेको थिएन । मात्र इतिहासका पानामा पढे, वाचन गरिएका मोहेन्जोडारो, इजिप्टसिएन, रोमन र ग्रिक पुरातात्त्विक वस्तुगत सांस्कृतिक सम्पदाका सतही जानकारीमै सीमित थियो ।
२०१६ सालमा बीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा खुलेको पुरातत्त्व विभागका निर्देशक संस्कृतिविद् अग्रज सत्यमोहन जोशीले लालबैठक, भक्तपुर लाय्कु÷राजकुल÷दरबार परिसरको चोक आँगनमा प्रधानमन्त्री कोइरालाबाटै समुद्घाटन गराएपछि नै अध्ययन–अवलोकन गर्न पाएर मभित्र पनि सांस्कृतिक संचेतना उघ्रन पुग्यो । त्यसताका मेरो कार्यकक्ष लालबैठक सटिक सिंहढोका प्रवेशद्वारकै ९० डिग्री माथिको कोठा रहेको थियो ।
लालबैठकमा रहेको राष्ट्रिय चित्र संग्रहालयको हाकिम कृष्णप्रसाद श्रेष्ठ सहपाठी नै हुनुको साथै एकै भवनमा दुवैका कार्यकक्ष रहेकोले चित्र संग्रहालयका अनेक वस्तु अध्ययन गर्ने सुअवसर जुटेथ्यो । अवसर सदुपयोग गर्ने प्रचुर समय उपयोग गरेँ । पौभा, थान्का र भित्तेचित्र अध्ययन अवलोकन गर्न रत्ति हिच्किचाइनँ । दिनहुँका अवलोकनले गहिरो छाप हाल्दो रहेछ मन मस्तिष्क अन्तरालसम्मै । गहिरो अवलोकन विधि अध्ययनका सबैभन्दा उत्तम प्रभावशाली विधि रैछ । अनि त आफैंमा विश्वस्त रहेर आफैंसित सहचर्चा गरेँ– गहिरो अवलोकन विधि÷पद्धति सर्वोत्तम अध्ययन प्रणाली ।
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक सम्पदास्थल संरक्षणका चेतना उघ्रन समय लिँदो रहेछ । मान्छेको चोला/देह झन्डै घैंटो जस्तै ठानिएर घैंटोमा घाम लाग्ने/लगाउने उखान टुक्का बन्दोरहेछ । सांस्कृतिक संचेतना उभार्न अथक प्रयासरत रहनै पर्दोरहेछ ।
ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक सम्पदास्थल संरक्षणका चेतना उघ्रन समय लिँदो रहेछ । मान्छेको चोला÷देह झन्डै घैंटो जस्तै ठानिएर घैंटोमा घाम लाग्ने÷लगाउने उखान टुक्का बन्दोरहेछ । सांस्कृतिक संचेतना उभार्न अथक प्रयासरत रहनै पर्दोरहेछ । समय, परिस्थितिले जुटाएको राजनैतिक परिवेशले सांस्कृतिक सञ्चेतना उभार्न, जगेर्ना गर्न बलवान् भूमिका खेल्दो रहेछ । सांस्कृतिक सम्पदाका पहिचान पहिल्याउन सामूहिक, सार्वजनिक र निस्वार्थ चिन्तनकै दरकार पर्छ । निहीत स्वार्थले सम्पदा संरक्षण सम्भव छैन÷हुँदैन पनि । यसको निम्ति सबैले आ–आफ्ना हात आफ्नै छातीको ढुकढुकीमाथि राखेर दृढ संकल्प गर्नै पर्ने हुन्छ ।
सांस्कृतिक सम्पदा कुनै वर्ग, सम्प्रदाय, समुदायको मात्र नरही आम नागरिककै हुन्छ, राष्ट्रिय परिप्रेक्ष्यमा । राष्ट्रको सीमापारिको सन्दर्भमा सांस्कृतिक सम्पदा विश्वकै साझा सरोकारको चासो बन्छ । यसै तथ्यलाई अंगीकार गरेर संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न राष्ट्रका सांस्कृतिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीअन्तर्गत समाहित गर्ने, संस्कार बनाएको छ, हुर्काएको छ । नेपालको काठमाडौं उपत्यकाअन्तर्गतका साथै काभ्रेपलाञ्चोलक जिल्लाको नाला, नमरा, पनौती आदि अनेक स्थानगत सांस्कृतिक सम्पदाहरू पनि समाहित छन् ।
सदाबहार राख्नुपर्ने असंख्य सम्पदा सूचीकृत हुन, गर्न पर्ने क्रम अनवरत राख्नु युनेस्कोकै थाप्लोको नाम्लो रहेको छ । ९९ चोक पनि विश्व सम्पदाकै सूची– सरोकारमूलक बन्छ, बनेको छ ।
नेपाली राजनीतिका विभिन्न कालखण्डमा ९९ चोकका सांस्कृतिक सम्पदामूलक क्षेत्र सरकारी, गैरसरकारी संस्थागत कार्यालय भवनहरू निर्माणार्थ प्रयोग हुन पुगेका थिए र छन् । यस सरोकारलाई मात्र एक स्थान जिल्ला विशेषकै नबनार्ई विश्व सरोकारकै हैसियत प्रदान गरिनुपर्ने देख्छु । यसो गर्ने चेष्टा उभार्न सक्दा केवल एक होइन अनेक आयामबाट सकारात्मक उपलब्धि हुन सक्छ ।
यसो गर्न सक्दा स्थानीय र राष्ट्रिय परिप्रेक्ष्यमा देखा पर्न सक्ने बोझ–अनमेल विचार, समूहगत स्वार्थ, वर्गीय अहमकार, आर्थिक दुर्बलता, साँघुरो चिन्तन, नितान्त जरुरी पर्ने प्रौढ सोचाइ, उदार मनस्क अभियान भर्न पहलहरू सुगम तवरबाट हुनेछन् । विश्व सम्पदा सूचीअन्तर्गत पर्न जाँदा अहिले भएका भौतिक संरचनाहरू विस्थापन निमित्त आवश्यक पर्ने धनराशि बटुल्न अरू स्रोतहरू जुट्ने÷ जुटाउने नयाँ क्षितिज खुल्नेछन् । जे भए पनि प्रयास हाम्रै भइरहनु पर्छ नै ।
सम्पदास्थलमा निर्माण भई सञ्चालनमा रहेका सार्वजनिक सरोकारका कार्यालयहरू विस्थापन गर्न र नवनिर्माण गर्न आवश्यक पर्ने निर्माणस्थल निर्धारण गर्नु पहिलो अहम् पूर्वाधार बन्छ ।बिट मार्नु अघि– मध्यकालीन नेपालको पुरातात्त्विक सम्पदा क्षेत्र रहे, बनेको लाय्कु/राजकुल परिसरमा परेका ९९ चोकहरू एकएक गरेर सबै चोक स्पष्ट सीमांकन मात्र गर्न सकिए पनि सांस्कृतिक पर्यटनस्थल इलाकामा परिणत हुनेछ ।
अहिले विद्यमान मूर्त सांस्कृतिक अवलोकन बिन्दुहरूका साथै यी चोक स्थल थप आकर्षक पर्यटकीय क्षेत्र बन्नेछ । उत्खनन् कार्य दीर्घकालीन योजना बनाएर खण्ड खण्ड काल–समय र परिवेश बनाएर गर्दै लानुपर्छ । यो चिन्तनलाई मूर्तरूपमा ल्याउन सहज छैन पनि । भएका वर्तमानका सहजसेवा प्रदायक भौतिक संरचनाहरूको वैकल्पिक स्वरूपहरू निर्माण नगरी यो सम्भव छैन । यी सबै भन्न त सहज सजिलो छ । कार्यान्वयन गर्न आर्थिक रूप र वैचारिक रूपमा एकजुटका लागि अनवरत प्रयास आवश्यक छ ।