'मेरो त के बहिनीको पनि विवाहको कुरा चलिसक्यो'

'मेरो त के बहिनीको पनि विवाहको कुरा चलिसक्यो'

सन् २०१० मा क्यानडा उड्दा इच्छा कार्की १८ वर्षकी थिइन् । उनको रहर र सपना नेपालको सुपरमोडेल बनेर चिनिने थियो तर नेपाल नै छाडेपछि इच्छाको त्यो सपना साकार हुने सम्भावना उनले नै माया मारेकी थिइन् ।

क्यानडा बसाइका क्रममा भौतिक सुविधा, विकास र सम्पन्नताको अनुभव सँगाल्ने मौका त पाइन् तर उनको मनमा घरपरिवार, आफ्नोपन र अस्तित्वको अभाव भने सधंै खड्किरह्यो ।

उनी दुईमध्ये एउटा पक्ष रोज्ने निर्णयमा पुगिन् । पहिलो भौतिक सुविधा र सम्पन्नता । दोस्रो आफ्नोपन र अस्तित्व । अन्ततः उनी आफ्नोपन र अस्तित्व त्यागेर जीवन नचल्ने निर्णय गर्दै लगभग ६ वर्षे क्यानडा बसाइपछि सदाका लागि नेपाल फर्किन् ।

नेपाली समाजमा छोरीहरू २०, २१ वर्ष पुगेपछि विवाहको कुरा चल्न थाल्छ । मेरो त के बहिनीको विवाहको समेत कुरा चलिसकेको छ तर निर्णय आफैंले लिने हो ।

नेपाली माटो टेकेसँगै सुपरमोडेल बन्ने उनको सपना पुन ब्युँतियो । संयोग नै भनौं इच्छा नेपाल आउँदा ‘द सुपरमोडेल नेपाल २०१६’ को प्रक्रिया सुरु भएको थियो । उनी पनि सहभागी भइन् । पहिलो प्रयासमै प्रतियोगिताको शीर्ष उपाधि चुम्न सफल भइन् ।

‘मेरो जीवनको एउटा सपना पूरा भएको क्षण हो यो । यो जितसँगै यस क्षेत्रमा मेरो नयाँ यात्रा आरम्भ भएको छ’, इच्छाले भनिन् । ५ फिट नौ इन्च अग्ली २४ वर्षीया इच्छाको व्यक्तित्व, उचाइ एवं शारीरिक बनावटका कारण उनी साँच्चिकै सुपरमोडेल झै लाग्छिन । फिट एन्ड फाइन रहन खानपानमा नियन्त्रण नभई समयमा र स्वस्थ्य खाना खानुपर्ने उनको भनाइ छ ।

इच्छाको बुझाइमा मोडलिङ प्रतिभावान् हरेक व्यक्तिका लागि ठूलो प्लेटफर्म हो । ‘मोडलिङलाई फेसनसँग मात्र जोड्नु हुँदैन । यो क्षेत्रमा स्थापित हुन सक्यो भने समाजसेवा, व्यवसाय हरेक क्षेत्रका लागि बाटो खुल्छ’, उनी प्रस्ट्याउँछिन्, ‘नेपालमै केही गर्ने सोच र लक्ष्यका साथ आएकी हुँ ।

मोडेल बन्ने मेरो सपना ब्युँतिएको छ । तर नेपाल आउनासाथ यस्तो अवसर र सफलता पाउँछु भन्ने चाहिँ कल्पना पनि गरेकी थिइनँ ।’ काठमाडौंमा जन्मेकी उनको लक्ष्य छ ‘वल्र्डवाइड रोल मोडेल अफ नेपाल’ बन्नेछ ।

घरपरिवारमा विवाहको कुरा चल्न थालेको धेरै वर्ष भयो । तर अझै सातआठ वर्ष विवाह नगर्ने उनको योजना छ । ‘नेपाली समाजमा छोरीहरू २०, २१ वर्ष पुगेपछि विवाहको कुरा चल्न थालिहाल्छ । मेरो त के बहिनीको विवाहको समेत कुरा चलिसकेको छ’, विवाह बारे उनले भनिन, ‘तर निर्णय आफैंले लिने हो।

अभिनय एवं मोडलिङ दुवैमा मेरो रुचि छ । म चलचित्रमा पनि काम गर्न सक्छु तर राम्रो टिम, राम्रो प्रोजेक्ट हुनुपर्छ ।

आफ्नो पहिचान र करियर बनेपछि बल्ल विवाह गर्ने हो । यसका लागि अझै सातआठ वर्ष लाग्न सक्छ ।’ क्यानडाको टोरोन्टोस्थित क्यानेडियन ब्युटी कलेजबाट एकवर्षे ब्युटिसियन कोर्स गरेकी उनी अहिले नेपालमा अन्तर्राष्ट्रिस्तरको ब्युिटपार्लर सुरु गर्ने तयारीमा छिन् ।

कला क्षेत्रमा घरपरिवारको साथ र सहयोग रहेकाले आफूलाई सजिलो भएको उनको भनाइ छ । ‘द सुपरमोडेल नेपाल २०१६ को उपाधि जित्दा आमाबुबा र आफन्त मभन्दा बढी खुसी हुनुभएको थियो’, उनले सम्झिन् । अभिनय एवं मोडलिङ दुवै क्षेत्रमा उनको रुचि छ । ‘म चलचित्रमा काम गर्न सक्छु तर राम्रो टिम, राम्रो प्रोजेक्ट हुनुपर्छ’, इच्छाले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.