केली जेनर गर्भवती

केली जेनर गर्भवती

अमेरिकी टेलिभिजन स्टार केली जेनर गर्भवती भएको प्रसंगले उनी चर्चामा छिन् । यो प्रसंगको सुरुवात उनले नै गरेकी हुन् । १८ वर्षीया केलीले उनी गर्भवती भएको अर्थ लाग्ने प्रसंग सामाजिक सञ्जालमा पोस्ट गरेपछि चर्चा सुरु भएको हो ।

केही समयपहिले प्रेमी र्‍यापर टाइगाबाट आफूले बच्चा चाहेको अभिव्यक्ति दिएकी केली अहिले गर्भवती रहेको धेरैको अनुमान छ । सानो उमेरमै सफलताको स्वाद चाखेकी केलीको सेक्सी छवि र विन्दास जीवनशैलीले धेरैलाई लोभ्याएको छ । प्रेमी टाइगाबाट बच्चा चाहेको अभिव्यक्तिपछि उनको एक्कासि धेरै चर्चा भएको हो ।

केलीले भने आफू गर्भवती भएको हल्लाको खण्डन गर्दै आफ्नै पोस्टले फसाएको बताएकी छन् । आफू कसैको प्रेममा रहे पनि यति सानै उमेरमा गर्भवती भएको भन्ने हल्लाबाट आफू दुःखी भएको उनले स्पस्ट पारेकी छन् । उनको २६ वर्षीया प्रेमी टाइगासँगको उमेर फरकका कारण पनि यो जोडीको चर्चा हुने गरेको छ ।

टाइगाभन्दा केली आठ वर्ष कान्छी हुन् । टाइगाले भने केली जेनर आफूभन्दा धेरै सानी भए पनि उनी कस्तो प्रकारकी छन् भन्ने राम्ररी बुझेको र उनलाई आफूले धेरै सहयोग र गाइड गर्न सक्ने बताएका छन् । ‘केली वास्तवमै असल युवती हुन्’, टाइगाले भनेका छन् ।

सन् २०१४ देखि प्रेमसम्बन्धमा रहँदै आएका उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक पनि गरिसकेका छन् । एकअर्काप्रति निकै विश्वास र माया गर्ने गरेका यो जोडीले गर्भवती भएको चर्चा मन पराएका छैनन् । स्रोतका अनुसार सञ्चारमाध्यममा यो प्रसंग आएपछि टाइगाले केलीलाई, ‘तिमी गर्भवती भएको हो त ? ’ भनेर सोधेका छन् ।

केलीले आफ्नो उमेर सानै भएकाले अहिले नै विवाह नगर्ने र बच्चा पनि नजन्माउने स्पष्ट पारेकी छन् । विभिन्न प्रसंगमा चर्चा र विवादमा आइरहने केलीले ओठको सर्जरी गरेको हल्ला नसेलाउँदै गर्भवती भएको चर्चा चलेको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.