' पुरै संविधानको विरोधी हामी होइनौं '

' पुरै संविधानको विरोधी हामी होइनौं '

काठमाडौँ : तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले आफूहरुले नेपालको संविधानको समग्र स्वरुपको विरोध गरेको नभई संविधानमा रहेको विभेदकारी धारालाई मात्र अस्वीकार गरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सदनमा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शुक्कले भने, 'पुरै संविधानको विरोधी हामी होइनौं, विभेदकारी धारामा असहमति मात्र हो'।

राष्ट्रिय समस्याका रुपमा रहेको मधेसका विषयलाई लिएर आफूहरुले निरन्तर रुपमा आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए। प्रधानमन्त्री पदमुक्त हुने तर कुर्सी चाहिँ छाड्नु नपर्ने कस्तो संविधान निर्माण भएको भनी प्रश्न गर्दै नेता शुक्लले आफूहरुले ओलीको विपक्षमा मतदान गर्ने बताए।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले ३४२ जनाको समर्थन प्राप्त गरेकामा ८२ जनाले समर्थन फिर्ता लिइसकेपछि वर्तमान प्रधानमन्त्रीले पदमा बसिरहन सुहाउने कुरा होइन भने। नेकपा (माओवादी केन्द्र)ले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताका लागि निकै ठूलो योगदान दिएकाले उसको पहलमा मुलुकको सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली काँग्रेसलाई समेत विश्वासमा लिएर मधेस आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ ल्याइएको प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका पक्षमा आफूहरु रहने उनले बताए।

नयाँ सरकारले मधेस आन्दोलनलाई उचित तवरमा सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.