माओवादी सांसदले सोधे, के भूकम्प पनि ओलीले रोकेको हो ?

माओवादी सांसदले सोधे, के भूकम्प पनि ओलीले रोकेको हो ?

काठमाडौं : माओवादी केन्द्रका सांसद राम कार्कीले राखेको प्रश्नले सिंगो सदन एकछिन गलल हाँस्यो ।

अविश्वास प्रस्तावउपरको छलफलमा सहभागी कार्कीको प्रश्न थियो, नाकाबन्दी एमालेले खुलाएको रहेछ। एमालेका साथीहरु बडो गर्वका साथ त्यही भनिरहेका छन्। भूकम्प पनि एमालेले रोकेको होला हैन ? किनभने ओली प्रधानमन्त्री बनेपछि ठूलो भूकम्प त आएको छैन।यस्तो पनि कहीं तर्क हुन्छ ?

कार्कीले यसो भन्दा सदन हाँसोले गुन्जियो । कार्कीले भने, 'वैशाख १२ पछि ठूलो भूकम्प आएन, यो ओली सरकारले नै रोकेको भनेर तर्क आउनसक्छ ।

नाकाबन्दी खुलाएको सजाय स्वरुप अविश्वास प्रस्ताव ल्याइएको भन्दै एमाले सांसदहरुले आक्रोश पाखेपछि कार्कीले यस्तो प्रश्न राखेका हुन् । उनले भने, 'नाकाबन्दी एमालेले रोकेको पनि होइन, उसले खुलाएको पनि होइन । नाकाबन्दी हामीले खुलाएको भनेर जस लिन खोज्नु हास्यासपद हो ।'

उनले ‌ओलीको ९ महिना उखानटुक्कामै बितेको बताउँदै भने, 'ओली प्रधानमन्त्री भएपछि हरेक दिन जनताले नयाँनयाँ उखानटुक्का सुन्न पाए, त्यही हो उपलब्धी ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.