डुबानले झापाका सय भन्दा बढी परिवार विस्थापित

डुबानले झापाका सय भन्दा बढी परिवार विस्थापित

झापा: अविरल बर्षाका कारण खोलाहरुमा आएको बाढीका कारण झापामा हजारौं घर परिवार विस्थापित भएका छन् । राजमार्ग दक्षिणका क्षेत्र जलमग्न बनेको छ । देउनीया खोलामा आएको बाढीका कारण पृथ्विनगर क्षेत्रका विभिन्न भाग डुबानमा परेको छ । मेची नदीमा पानीको सतह बढेपछि हनुमान मन्दिर छेउमा रहेका स्थानीयबासीलाई अन्यत्र लगिएको छ ।

विगत केही दिनदेखिको अविरल बर्षाका कारण अन्दुवा खोलाको भंगालो फुटेर शहर पसेपछि विर्तामोड नगरपालिकाका विभिन्न भाग डुवानमा परेको छ । जसका कारण सयौं घर परिवार विस्थापित भएका छन् ।

शनिअर्जुन नगरपालिकामा पर्ने महानन्द पुलबाट उत्तरदेखि अन्दुवा खोला आसपासका बस्ती सबै डुवानमा परेका छन् । गए रातिदेखि विर्तामोडको अतिथि सदन अघिल्तिरको सडकमा अन्दुवा खोलाको भंगालो बगिरहेको छ । अतिथि सदन आसपासका घर सबै डुबेका छन् ।

 

अन्दुवा खोलाले पूर्व पश्चिम राजमार्गको अन्दुवा पुल नाघ्ने अवस्थामा पुगेको छ । ट्राफिक प्रहरीले पालैपालो सवारी आवागमन गराइरहेको छ । जग्गा अतिक्रमणले साँघुरिएको अन्दुवा खोलाले खोला आसपासका राजमार्ग दक्षिणका गाउँ सबै डुबानमा परेका छन् ।

अतिथि सदन उत्तरबाट अन्दुवा खोलाको बाढी बस्तीमा पसेको हो । अतिथि सदन जाने बाटोमा खोलो पसेपछि आवतजावत अवरुद्ध भएको छ । त्यहाँ रहेका पसलमा पानी पसेपछि व्यवसायीले लाखौँको नोक्सानी व्यहोर्नु परेको जनाइएको छ ।

झापाको कनकाई, विरिङ, रतुवा लगायतका नदीमा आएको बाढी बस्तीमा पस्न थालेपछि आसपासका घर डुवानमा पर्न थालेका छन् । तीन दिनयता झापाको घेरावारी, चकचकी, राजगढ, खजुरगाछी क्षेत्रका करिव सय घरपरिवार विस्थापित भएका छन् । पहाडी जिल्लामा पानी पर्ने क्रम तीव्र भएकाले झापाका नदी नालामा बाढी आएको हो ।

झापाको रतुवा खोलामा आएको बाढीले बाँध भत्काउन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लखनपुर–२ स्थित रतुवा खोलाको बाँध फुट्दा लखनपुर र गौरादहका दर्जनौ घर डुब्ने र सयौं विस्थापित हुने सम्भावना बढेर गएको छ ।

विर्तामोड भद्रपुर सडक खण्डको हर्चना चोक नजिक बाढी सडकमा पसेपछि विर्तामोड भद्रपुरको सवारी आवागमन समेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक खडगबहादुर खत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.