अख्तियार अगाडि केसी समर्थक र प्रहरीबीच झडप

अख्तियार अगाडि केसी समर्थक र प्रहरीबीच झडप

काठमाडौँ: अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गर्न टंगाल पुगेका अनशनरत प्राध्यापक डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच झडप भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान ‘आईओएम’ परिसरबाट सुरु गरिएको र्यालीका सहभागीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरीले त्रिवि शिक्षण आवासिय चिकित्सक र चिकित्साशास्त्रका विद्यार्थी गरी ६ जनालाई नियन्त्रणमा लिएको छ ।

झडपका क्रममा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको आन्दोलनकर्ताको आरोप छ । डा. केसीका सहयोगी एवम् चिकित्साशास्त्रका विद्यार्थी सुमन आचार्यका अनुसार प्रहरी नियन्त्रणमा रहेका चिकित्सक र विद्यार्थी छुटाउन गएका मानवअधिकारकर्मी लगायत अन्य चिकित्सक र विद्यार्थीलाई प्रहरी कार्यालयभित्र छिर्न निषेध गरिएको छ । उनीहरुलाई रिहाइको माग गर्दैै विद्यार्थी र चिकित्सकले महेन्द्र पुलिस क्लब अगाडि नाराबाजी गरिराखेका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा समान पहँुच हुनपर्ने, संसदमा पुर्याइएको प्रस्तावित मनोमोहन प्रतिष्ठान विधेयक फिर्ता हुनुपर्ने र अख्यिारका प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग गर्दै डा. केसी १५ दिन देखि अनशनमा छन् ।

डा. केसी पक्ष र सरकारबीच पटकपटक भएका वार्ता असफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.