डा. केसीसँगको वार्ता सहमति नजिक
काठमाडौँः सरकारसँग डा. गोविन्द केसीको वार्ता सहमति नजिक पुगेको छ । अख्तियार प्रमुखमाथि महाअभियोग लगाउने बाहेकका मागमा सरकार सहमत भएपछि सरकार केसीका मागसम्बन्धमा सहमति नजिक पुगेको हो ।
डा. केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता हुनुपर्ने मागमा उक्त प्रतिष्ठान सरकारले किन्न तयार भएपछि वार्ता सहमति नजिक पुगेको हो ।
वार्ताको निष्कर्षबारे जानकारी दिन केसी पक्ष स्वास्थ्य मन्त्रालयबाट त्रिवि शिक्षण अस्पताल लागेका छन् ।