पीकअप चिप्लिएर भीरबाट खस्यो, दुईको मृत्यु

पीकअप चिप्लिएर भीरबाट खस्यो, दुईको मृत्यु

विराटनगरः मोरङको रमितेखोला गाविस २ मा आइतबार राति पीकअप भेन चिप्लिएर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ ।

आठ जना घाइते भएका छन् । ती मध्ये दुई जनाको अवस्था गम्भीर छ । पीकअप पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । चालक सहित ११ जना सवार को १ ज १७५५ नम्बरको पीकअप भेन राति ८ बजे रमितेखोला २ मा रहेको भीरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायव निरीक्षक गंगाबहादुर राईले जानकारी दिए ।

राईका अनुसार मोरङको रमितेखोला २ बाट वडा नम्बर ७ को धुर्पातर्फ जाने क्रममा भेन भीरबाट अन्दाजी दुई सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेर रमितेखोला ७ का १८ वर्षीय सिद्धी राई र इलाम साक्फारा १ का १५ वर्षीय सन्दीप राईको मृत्यु भएको हो । प्रहरीका अनुसार सिद्धीको घटनास्थलमै र सन्दीपको उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर रमितेखोला २ का २५ वर्षीय नन्दकुमार राई, २६ वर्षीय पदम राई, २८ वर्षीय उमेश गुरुङ, १८ वर्षीय १८ वर्षीय दिलीप राई, १४ वर्षीय सविन राई, रमितेखोला ७ का तजिन राई, १६ वर्षीय सविन राई र रमितेखोला ९ का २२ वर्षीय अर्जुन राई घाईते भएका छन् ।

घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये अर्जुन र १४ वर्षीय सविनको अवस्था गम्भीर रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको प्रहरीले जनाएको छ ।

खराव मौसमसँगै बादलले ढाकेको हिलाम्य सडकमा रातको समयमा कुदाइएका कारण बाटो ठिम्याउन नसक्दा चिप्लिएर पीकअप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

‘लामो समयदेखिको वर्षासंगै विभिन्न खोलामा आएको बाढीले अवरोध पुर्‌याउँदा उद्धारमा कठिनाई भयो,' प्रनानी राईले भने, ‘दुर्घटना हुन साथ प्रहरी घटनास्थलमा पुगेर उद्धारमा संलग्न हुन सक्ने अवस्था नै रहेन ।' उनका अनुसार तत्काल प्रहरी घटनास्थलमा पुग्न सकेको भए घाइतेहरुले समयमै उपचार पाउने थिए । राति १२:३० बजे मात्र घटना स्थलमा प्रहरी पुगेर घाइतेहरुको उद्धार गरेको जानकारी राईले दिए ।

मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको छ । दुर्घटनामा परेका पिकअपका चालक इलाम दानाबारीका पदम विक फरार रहेकाले खोजी भइरहको जानकारी प्रहरीले दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.