दक्षिण कोरियामा ८ साहित्यकारको सम्मान

दक्षिण कोरियामा ८ साहित्यकारको सम्मान

सोलः कला, साहित्य र सगीतमा सक्रिय आठ स्रष्टाहरुलाई दक्षिण कोरियामा सम्मानित गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले २०३ औ भानु जयन्तीको अवसरमा आइतबार स्रष्टाहरुलाई सम्मानित गरिएको हो ।

आयोजित कार्यक्रममा अनेसासले रमेश सायन , डी आर अटु ,सिपि मगर, यल्जी विवसलाई सम्मान गरेको हो । त्यस्तै मन्जु गुरुङ ,साम लिम्बु, सुर्य खत्री घायल र कल्पना धरतीलाई समाजले सम्मान गरेको छ ।

प्रवासमा बसेर कला साहित्यमा निरन्तर सक्रीय स्रष्टाहरु सम्मानित भएका छन । ‘भागेर भूगोल भरी‘ कविता संग्रहका लेखक रमेश सायनका पत्रिकाहरुमा लेख रचना प्रकाशित छन । संगीत क्षेत्रमा आवद्ध डीआर अटु चौतारी एल्बम मार्फत सांगीतिक बजारमा प्रवेश गरेका थिए । दिक्तेल बजार, गुडी जाने रेल, लगायत गीतका संगीतकार अटुले तीन दर्जन गीतमा संगीत दिएका छन ।

सम्मानित अर्का स्रष्टा सिपि मगरका बादल माथि चन्द्र लुकेको , आखै प्यारो छ लगायतका उनका चर्चित गीत छन । बिसौनी सांगीतिक समुहका सस्थापक मगरले तीन दर्जन भन्दा बढी लोक दोहोरी गीतहरुमा संकलन गरेका छन । कविता लेखन सक्रिय अर्का स्रष्टा यल्जी विविस दर्जन बढी चलचित्रका गीतकार हुन् ।

सम्मानित भएकी मन्जु गुरुङ नेपाल कोरिया क्लचर सेन्टरकी अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाकी सहसचिव हुन् । सोहि अवसरमा रचनाकार सुर्य खत्री घायल र संगीतकर्मी साम लिम्बु पनि सम्मानित भए । भिडियो सम्पादक लिम्बुले डेढ दर्जन गितमा लेखन र भिडियो सम्पादन गरेका छन । स्वदेश गान रचयिता घायल मुक्तक प्रतिष्ठान नेपाल कोरिया समाजमा आवद्ध छन ।

साहित्य अनुरागीहरुको उपस्थिति रहेको कार्यक्रममा सरोज भण्डारी, जीवन खत्री ,अज्ञात पाल्पालीले आफ्ना रचनाहरु बाचन गरेका थिए । कार्यक्रममा रमेश सायन, गणेश घिमिरे,बिनोद दाहाल ,दिपेन्द्र भट्टराई ,गणेश पौडेल गजल ,कविता र मुक्तक सुनाएका थिए ।

पछिल्लो समयमा कोरिया प्रवेश गरेका युवाहरुको कला र साहित्य लगाव प्रति खुसि ब्यक्त गर्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरका अध्यक्ष मनोज डाँगीले साहित्यअनुरागीका कारण प्रेरणा मिलेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.